काठमाडौं। इर्लिङ ब्राउट हालान्डले च्याम्पियन्स लिगमा २०औं गोल गरेको दिन बोरुसिया डर्टमण्डले गएराति सेभियाविरुद्ध २–२ को बराबरी खेले पनि समग्रमा ५–४ को नतिजा निकाल्दै अन्तिम आठमा स्थान बनाएको छ।
२० वर्षे हालान्डले ३५ औं मिनेटमा गरेको गोलबाट डर्टमण्डले अग्रता लिएको थियो। उनले मार्को रेउसले दिएको ब्याक पासलाई पोष्टको दिशा दिएका थिए।
दोस्रो हाफको सुरुमै हालान्डले गरेको गोललाई भिडियो सहायक रेफ्री (भिएआर) ले मान्यता दिएन। लत्तगै भिएआरले डर्टमण्डलाई पेनाल्टी अवसर दियो।
हालान्डले हानेको पेनाल्टी प्रहारलाई सेभियाका गोलकिपर यासिन बोनोउले बचाइदिएका थिए।
तर भिएआरले बोनोउले समयभन्दा चाडै अगाडि बढेको भन्दै पुनः प्रहार गर्ने अवसर दिए। दोस्रो पटक हालान्डले कुनै गल्ती गरेनन्। च्याम्पियन्स लिगमा हालान्डको १४ खेलमा यो २० औं गोल हो।
युसेफ एन नेस्रीले ६९औं मिनेटमा गरेको पेनाल्टी गोलबाट सेभियाले पुनरागमनको प्रयास गरेको थियो। अन्तिम मिनेटमा नेस्रीले बराबरी गोल फर्काए। तर समग्रमा ५–४ ले पछि परेका कारण सेभियाको यात्रा अन्तिम १६ मै टुंगियो।
पहिलो लेगमा डर्टमण्डले ३–२ को नतिजा निकालेको थियो। डर्टमुण्ड च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाउन सफल भएको २०१६÷१७ को सिजनपछि यो पहिलो हो।