काठमडौं। सर्जियो ओलिभेराले थपिएको ३० मिनेट सकिन पाँच मिनेट बाँकी हुँदा गरेको गोलमा दश खेलाडीमा सीमित एफसी पोर्टोले युभेन्टसलाई पराजित गरेको छ। हारसँगै युभेन्टस च्याम्पियन्स लिगको अन्तिम–१६ बाट बाहिरिएको छ।
ओलिभेराले हानेको लामो फ्रिकिक क्रिष्टियानो रोनाल्डोको खुट्टा नजिकैबाट गएर गोलमा परिणत भएको थियो । पछि एससी पोर्टोले अन्तिम १६ को पहिलो लेगमा २–१ को जित निकालेको थियो।
त्यसको दुई मिनेट नबित्दै एड्रियन राबीओटले अर्को गोल गरेपछि युभेन्टसको आशा जिवित भएको थियो। तर अन्तिम मिनेटमा पोर्टोको गोलकिपर अगस्टिन मार्चेसिनले उत्कृष्ट बचाउ गरेपछि पोर्चुगलको पोर्टो अवे गोलका आधरमा च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाउन सफल भयो।
दोस्रो लेगमा युभेन्टस ३–२ ले विजयी भयो। तर पहिलो खेलमा २–१ को विजय हासिल गरेको एफसी पोर्टो अवे गोलको आधरमा अन्तिम आठमा स्थान बनाउन सफल भएको हो।
त्यसअघि युभेन्टसको घरेलु मैदान एलिनाज रंगशालामा ओलिभेराको पेनाल्टी गोलबाट पोर्टोले १९औं मिनेटमा समग्रमा ३–१ को अग्रता लिएको थियो।
तर घरेलु टिमका फेडरिको चिएसाले ४९औं मिनेटमा गोल फर्काए। ६३औं मिनेटमा चिएसाले अर्को गोल थपेपछि युभेन्टसले समग्रमा ३–३ को बराबरी गर्यो।
बराबरीपछि खेल थप समयमा धकेलियो। ५४औं मिनेटमा मेहदी तारेमीले दोस्रो पहेंलो कार्डको सामना गरेपछि पोर्टो १० खेलाडीमा सीमित बनेको थियो।
त्यसको फाइदा युभेन्टसले थप गरिएको ३० मिनेटमा उठाउने अपेक्षा गरिएको थियो। तर घरेलु टोली युभेन्टसले त्यसको फाइदा लिन सकेन। र प्रतियोगिताबाट बाहिरियो।