काठमाडौं। आशिष राईले दुई गोल गरेपछि आज भएको शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा श्रीकुमारी क्लबले टुशाल युथ क्लबमाथि ४-० को सहज जित हासिल गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा सन्तोषकुमार सिँहले १०औं मिनेटमा गरेको गोलबाट श्रीकुमारीले अग्रता लिएको थियो। २३औं मिनेटमा विवेक पुनले श्रीकुमारीका लागी दोस्रो गोल गरे।
मध्यान्तर हुन एक मिनेट बाँकी रहँदा आशिषले गोल गर्दै टोलीको अग्रता पहिलो हाफमै ३-० ले फराकिलो पारे। ६६औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गरेपछि श्रीकुमारी सहज जितको हकदार बन्यो।
जितसँगै श्रीकुमारी १४ अंकसहित लिगको छैटौं स्थानमा उक्लिएको छ। श्रीकुमारीको यो चौथो जित हो। श्रीकुमारी लिगका ११ खेलमध्ये पाँच खेलमा पराजित हुदाँ दुई खेलमा बराबरी नतिजा निकालेको थियो।
टुशालको भने यो छैटौं पराजय हो। टुशालले लिगका ११ खेलमध्ये दुईमा विजयी हुदाँ तीन खेल बराबरी खेलेको थियो। टुसालको लिगमा ११ खेलबाट नौं अंक छ।
" /> काठमाडौं। आशिष राईले दुई गोल गरेपछि आज भएको शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा श्रीकुमारी क्लबले टुशाल युथ क्लबमाथि ४-० को सहज जित हासिल गरेको छ।मध्यान्तर हुन एक मिनेट बाँकी रहँदा आशिषले गोल गर्दै टोलीको अग्रता पहिलो हाफमै ३-० ले फराकिलो पारे। ६६औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गरेपछि श्रीकुमारी सहज जितको हकदार बन्यो।

">