काठमाडौं। स्पिनर सोनु देवकोटाले ६ विकेट लिएपछि काठमाडौं मेयर कप क्रिकेट प्र्रतियोगितामा आज बागमती प्रदेशले सशस्त्र प्रहरी क्लब (एपीएफलाई) २७ रनले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको बागमती प्रदेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ३३ रन बनाएको थियो।
दुई सय ३४ रनको लक्ष्य पछ्याएको एपीएफलाई ४४.५ ओभरमा दुई सय छ रनमा सीमित गर्दै बागमतीले प्रतियोगितामा पहिलो जित हासिल गर्यो।
एपीएफका ओपनर आरिफ शेखले आक्रामक प्रदर्शन गर्ने क्रममा ३८ बलमा ५० रनको इनिङ खेले। आरिफले सात चौका र दुई छक्का प्रहार गरेका थिए। तर उनको प्रदर्शन विभागीय टोलीलाई जितको बाटोमा डो¥याउन पर्याप्त भएन।
आरिफले दोस्रो विकेटका लागि शंकर रानासँग ७२ रनको साझेदारी गरेका थिए। शंकरले ५६ बलमा तीन चौकासहित २९ रन बनाएका थिए। आठौं नम्वरमा व्याटिङका लागी मैदान छिरेका अमर राउटेलाले ५३ बलमा एक चौका र एक छक्का सहित २७ रन बनाए।
यसैगरी भुवन कार्कीले ११ बलमा तीन चौकासहित १४ रन बनाए भने सन्दीप जोरा र किशोर महतोले ११÷११ रन जोडेका थिए।
बागमतीका सोनुले १० ओभरमा ४१ रन खर्चेर ६ विकेट लिए भने रामनरेश गिरी र अरियो पौडेलले दुई÷दुई विकेटमा नाम लेखाए। रामनरेशले आठ ओभरमा एक मेडनसहित २८ रन दिएका थिए भने अरियोले ५.५ ओभरमा २७ रन खर्चेका थिए।
यसअघि पहिले ब्याटिङ गरेको बागमतीका लागि नन्दन यादवले सबैभन्दा धेरै अविजित ६० रन बनाएका थिए। नन्दनले ५६ बलमा सात चौका र दुई छक्का प्रहार गरे। त्यस्तै बागमतीको स्कोरमा कप्तान ज्ञानेन्द्र मल्लले बनाएको ५७ रनको पनि महत्वपूर्ण योगदान थियो। नेपाली राष्ट्रिय टोलीका समेत कप्तान ज्ञानेन्द्रले ८४ बल खेल्दै सात चौका प्रहार गरे।
पहिलो विकेट १० रनमा गुमाएको बागमतीका कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले दोस्रो विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए। ३७ बल खेलेका पारसले दुई चौका र एक छक्का सहित २९ रन बनाए।
चौथो नम्वरमा ब्याटिङ गर्न आएका इशान पाण्डे र ज्ञानेन्द्रले ४८ रनको साझेदारी गर्दै टिमलाई अघि बढाए। इशानले ४२ बलमा ३१ रन बनाएका थिए।
बागमतीलाई १३९÷५ को अवस्थाबाट नन्दन यादव र आदिल खानले ७३ रनको साझेदारी गर्दै सम्मानजनक स्कोरतर्फ डो¥याए। आदिलले चार चौकासहित ४४ बलमा ३४ रन बनाए। बागमतीका पृथु बास्कोटा र सोनु देवकोटाले पाँच÷पाँच रन बनाए भने आकाश थापाले एक रन बनाएका थिए।
एपीएफको बलिङमा अविनाश बोहरा र किशोर महतोले दुई÷दुई विकेट लिँदा अमर राउटेला र भुवन कार्कीले एक÷एक विकेट लिएका थिए।
बागमतीले प्रतियोगितामा खेलेका तीन खेलमध्ये यो पहिलो जित हो। बागमती पहिलो खेलमा नेपाल पुलिस क्लबसँग दुई रनले पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौं–११ सँग ९४ रनले पराजित भएको थियो।
एपीएफको भने यो पहिलो हार हो। तिनमध्ये दुई खेल जितेको एपीएफ पहिलो र दोस्रो दुवै खेलमा विभागीय प्रतिद्वन्द्वी पुलिस र त्रिभुवन आर्मी क्लबलाई एक विकेटले पराजित गर्न सफल भएको थियो।