काठमाडौं। प्रज्वल थापा मगरको निर्णायक गोलमा ब्वाइज युनियन क्लबमाथि २–१ को जित हासिल गर्दै श्री भगवती क्लब जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगको पाँचौं स्थानमा उक्लिएको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आज सम्पन्न खेलमा नवराज गुरुङको गोलमा मध्यान्तर हुन ६ मिनेट बाँकी रहँदा श्री भगवतीले अग्रता लिएको थियो। ब्वाइज युनियनका टंकबहादुर स्याङतानले ६२औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए पनि त्रिपुरेश्वरको टोलीले अंक बाँढन सकेन।
ब्वाइज युनियनले बराबरी गोलको खुसी राम्ररी मनाउन नभ्याउँदै ६६औं मिनेटमा प्रज्वलले श्री भगवतीको लागि निर्णायक गोल गरे।
जितसँगै श्री भगवती १५ अंकसहित लिगको पाँचौं स्थानमा उक्लिएको छ। श्री भगवतीको यो चौथो जित हो। श्री भगवती लिगका ११ खेलमध्ये चार खेलमा पराजित भएको थियो भने तीन खेल बराबरी खेलेको थियो।
ब्वाइज युनियनको यो चौथो पराजय हो। ब्वाइज युनियन लिगका ११ मध्ये पाँच खेलमा विजयी भएको छ। तीन खेल बराबरी खेलेको ब्वाइज युनियन १७ अंकसहित लिगको चौथो स्थानमा रहेको छ।