काठमाडौं। ब्याटिङ गर्न सातौं नम्बरमा मैदान छिरेका नन्दन यादवले ६० रन बनाएपछि आज काठमाडौं मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले सशस्त्रप्रहरी (एपीएफ)लाई २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको बागमती प्रदेशले निर्धारित ५० ओभर ६ विकेट गुमाएर २३३ रन बनाएको हो।
बागमतीको ब्याटिङमा नन्दनले सबैभन्दा धेरै अविजित ६० रन बनाए। नन्दनले ५६ बलमा सात चौका र दुई छक्का प्रहार गरे।
पहिलो विकेट १० रनमा गुमाएको बागमतीका कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले दोस्रो विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए। पारसले दुई चौका र एक छक्का सहित ३७ बलमा २९ रन बनाए।
चौथो नम्वरमा मैदान छिरेका इशान पाण्डे र ज्ञानेन्द्रले ४८ रनको साझेदारी गर्दै टिमलाई अघि बढाए। ज्ञानेन्द्रले ८४ बलमा सात चौकासहित ५७ रन बनाएर आउट भए। इशानले ४२ बलमा ३१ रन बनाए।
बागमती १३९÷५ को अवस्थाबाट नन्दन यादव र अदिल खानले ७३ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरतर्फ पु¥याए। अदिलले चार चौकासहित ४४ बलमा ३४ रन बनाए। बागमतीका पृथु बास्कोटा र सोनु देवकोटाले पाँच÷पाँच रन बनाए भने आकाश थापाले एक रन बनाएका थिए।
एपीएफको बलिङमा अविनाश बोहरा र किशोर महतोले दुई÷दुई विकेट लिँदा अमर रौटेला र भुवन कार्कीले एक÷एक विकेट हात पारे।
" /> काठमाडौं। ब्याटिङ गर्न सातौं नम्बरमा मैदान छिरेका नन्दन यादवले ६० रन बनाएपछि आज काठमाडौं मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले सशस्त्रप्रहरी (एपीएफ)लाई २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको बागमती प्रदेशले निर्धारित ५० ओभर ६ विकेट गुमाएर २३३ रन बनाएको हो।

">