काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले महत्वपूर्ण जित हात पारेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा चेल्सीले एभर्टनलाई २–० ले पराजित गरेको हो ।
चेल्सीका लागि जोर्जिन्होले ६५ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गरे । त्यसअघि ३१ औं मिनेटमा एभर्टनका लागि बेन गडफ्रीले आत्मघाती गोल गरेपछि चेल्सीले अग्रता लिएको थियो । उनले काई हाभर्ट्सले प्रहार गरेको बल क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरेका थिए ।
जितपछि चौथो स्थानको चेल्सीको २८ खेलबाट ५० अंक भएको छ । २७ खेलबाट ४६ अंक रहेको एभर्टन छैटौँ स्थानमा झरेको छ ।
लिग अन्तर्गत गएराति नै भएको अर्को खेलमा वेष्ट ह्यामले लीड्सलाई २–० ले पराजित गरेको छ । २७ खेलबाट ४८ अंकसहित वेष्ट ह्याम पाँचौँ स्थानमा पुगेको छ ।
" /> काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले महत्वपूर्ण जित हात पारेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा चेल्सीले एभर्टनलाई २–० ले पराजित गरेको हो ।चेल्सीका लागि जोर्जिन्होले ६५ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गरे । त्यसअघि ३१ औं मिनेटमा एभर्टनका लागि बेन गडफ्रीले आत्मघाती गोल गरेपछि चेल्सीले अग्रता लिएको थियो । उनले काई हाभर्ट्सले प्रहार गरेको बल क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरेका थिए ।

">