काठमाडौं। सोमपाल कामीले ८० रन बनाएपछि त्रिभुवन आर्मी क्लबले आज काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा काठमाडौं ११ लाई पाँच विकेटले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको काठमाडौं ११ ले ४२.१ ओभरमा सबै विकेट गुमाएर एक सय ५५ रन बनाएको छ। सोमपालले ५१ बलमा ८० रन बनाएपछि त्रिभुवन आर्मीले २३.५ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो।
त्रिभुवन आर्मीको यो पहिलो जित हो। पहिलो खेलमा त्रिभुवन आर्मी क्लब सशस्त्र प्रहरी बलसँग एक विकेटले पराजित भएको थियो। काठमाडौं ११ को पनि यो पहिलो हार हो। पहिलो खेलमा काठमाडौं ११ ले बागमती प्रदेशलाई ९५ रनले पराजित गरेको थियो।
सोमपालले ५१ बलमा नाै चौका र छ छ्क्कासहित ८० रन बनाए। सोमपालले कुशल मल्लसँग चौथो विकेटका लागि ७२ रनको साझेदारी गरे। कुशलले २३ रन बनाए। कप्तान विनोद भण्डारीले २० रन बनाए।
सन्दीप लामिछाने र विपिन खत्रीले समान दुई विकेट लिए भने अनिल खरेलले एक विकेट लिए।
त्यसअघि काठमाडौं ११ का लागि सौरभले सबैभन्दा धेरै ४२ रन बनाए। उनले ७४ बलमा दुई चौका र दुइ छक्का प्रहार गरे।
सौरभबाहेक सन्दीप रजालीले ३७, खडक बोहराले १९, हरिशंकर शाहले १८ र कप्तान सन्दीप लामिछानेले १३ रन बनाए। अन्यले दोहोरो अंकको रन बनाउन सकेनन्। काठमाडौं ११ का पाँच खेलाडीले रनको खाता खोल्न सकेनन्।
त्रिभुवन आर्मीका शाहब आलमले चार विकेट लिए। शाहबबाहेक जितेन्द्र मुखियाले तीन विकेट लिए। सोमपाल कामी, बिक्रम सोब र कुशल मल्लको नाममा एक एक विकेट रह्यो।
" /> काठमाडौं। सोमपाल कामीले ८० रन बनाएपछि त्रिभुवन आर्मी क्लबले आज काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा काठमाडौं ११ लाई पाँच विकेटले पराजित गरेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको काठमाडौं ११ ले ४२.१ ओभरमा सबै विकेट गुमाएर एक सय ५५ रन बनाएको छ। सोमपालले ५१ बलमा ८० रन बनाएपछि त्रिभुवन आर्मीले २३.५ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो।

">