काठमाडौं। सौरभ खनालको ४२ रनप्रेरित काठमाडौं–११ ले काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा आज त्रिभुवन आर्मी क्लबलाई एक सय ५६ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको काठमाडौं–११ ले ४२.१ ओभरमा सबै विकेट गुमाएर एक सय ५५ रन बनाएको छ।
काठमाडौं–११ का लागि सौरभले सबैभन्दा धेरै ४२ रन बनाए। उनले ७४ बलमा दुई चौका र दुइ छक्का प्रहार गरे।
सौरभबाहेक सन्दीप रजालीले ३७, खडक बोहराले १९, हरिशंकर शाहले १८ र कप्तान सन्दीप लामिछानेले १३ रन बनाए। अन्यले दोहोरो अंकको रन बनाउन सकेनन्। काठमाडौं–११ का पाँच खेलाडीले रनको खाता खोल्न सकेनन् ।
त्रिभुवन आर्मीका शाहब आलमले चार विकेट लिए। शाहबबाहेक जितेन्द्र मुखियाले तीन विकेट लिए। सोमपाल कामी, बिक्रम सोब र कुशल मल्लको नाममा एक एक विकेट रह्यो।
त्रिभुवन आर्मीको यो दोस्रो खेल हो। पहिलो खेलमा त्रिभुवन आर्मी क्लब सशस्त्र प्रहरी बलसँग एक विकेटले पराजित भएको थियो। काठमाडौं–११ को पनि यो दोस्रो खेल हो। पहिलो खेलमा काठमाडौं–११ ले बागमती प्रदेशलाई ९५ रनले पराजित गरेको थियो।