काठमाडौं। नवनिर्वाचित अध्यक्ष जोन लार्पोटाले अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सी बार्सिलोनामै रहने विश्वास व्यक्त गरेका छन्।
लापोर्टा दोस्रो पटक बार्सिलोनाको अध्यक्ष पदमा निर्वाचित भएका हुन्। यसअघि २००३ देखि २०१० सम्म बार्सिलोनाको अध्यक्ष पदमा रहेका लार्पोटाले आईतबार सम्पन्न निर्वाचनमा भिक्टर फन्ट र एन्टोनि फ्रेईक्सलाई हराउँदै पुनः निर्वाचित भएका थिए।
अध्यक्ष पदको निर्वाचनसँगै अब सबैको ध्यान ६ पटकका बालोन डि’ओर अवार्ड विजेता मेस्सीको भविष्यमा केन्द्रित भएको छ। मेस्सी अब बार्सिलोनामै बस्छन् वा क्लब छाड्छन् भन्नेमा सबैको चासो छ।
“बार्सिलोनाको जुनियर (यु–१३) टिममा लियोनल मेस्सी नामको केटोले डेब्यु गरेको २० वर्ष भएको छ। विश्वकै उत्कृष्ट खेलाडी आफ्नो छोरासँगै क्लबको मतदानका लागि आएको दृष्य एक उत्कृष्ट उदाहरण हो”, अध्यक्ष पदमा निर्वाचित भएपछि लार्पोटाले भने, “मेस्सी बार्सिलोनालाई माया गर्छन्। योे त्यसैको उदाहरण हो। विश्वकै उत्कृष्ट खेलाडी बार्सिलोनालाई माया गर्छन्। आशा गरौं त्यसकारण पनि उनी बार्सिलोनामै रहन्छन्। यो हामी सबैको चाहना हो।”
मेस्सीलाई जारी सिजनको अन्त्यसँगै ‘फ्री ट्रान्सफर’ मा बार्सिलोना छाड्ने सल्लाह आईरहेको छ। मेस्सीलाई भित्र्याउनका लागि फ्रेन्च लिग वान विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) र इङ्लिस क्लब म्यानचेस्टर सिटीले प्रयास गरिरहेका छन्।
लार्पोटाले बार्सिलोनाका पूर्व महान खेलाडी जोहन क्रुपलाई पनि सम्झिए। “म हाम्रो अभियानलाई सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु। त्यस्तै म जोहन क्रुफलाई विशेष धन्यवाद दिन चाहन्छु, जो आज हामीमाझ छैनन्। मलाई उनले सहयोग गरे भन्ने पक्का विश्वास रहेको छ।”
बार्सिलोना अहिले स्पेनिस ला लिगामा शीर्ष स्थानको क्लब एट्लेटिको माड्रिडभन्दा तीन अंकले पछि छ। बार्सिलोनाले एक खेल बढी खेलेको छ।
रोनाल्ड कोम्यानको प्रशिक्षणमा रहेको बार्सिलोनाले अर्को महिना कोपा डेल रेको फाइनलमा एथलेटिक बिल्वाओविरुद्ध प्रतिस्पर्धा गर्नेछ।
त्यस्तै च्याम्पियन्स लिमा अन्तिम १६ को दोस्रो लेगमा पीएसजीविरुद्ध खेल्नेछ। बार्सिलोना पहिलो लेगमा ४–१ ले पराजित भएको थियो।
" /> काठमाडौं। नवनिर्वाचित अध्यक्ष जोन लार्पोटाले अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सी बार्सिलोनामै रहने विश्वास व्यक्त गरेका छन्।लापोर्टा दोस्रो पटक बार्सिलोनाको अध्यक्ष पदमा निर्वाचित भएका हुन्। यसअघि २००३ देखि २०१० सम्म बार्सिलोनाको अध्यक्ष पदमा रहेका लार्पोटाले आईतबार सम्पन्न निर्वाचनमा भिक्टर फन्ट र एन्टोनि फ्रेईक्सलाई हराउँदै पुनः निर्वाचित भएका थिए।

">