काठमाडौं। इङ्ल्यान्डका जोडोन सान्चोले लगातार छैठौं खेलमा गोल गरेको दिन बोरुसिया डर्टमण्डले गएराति जर्मन बुन्डेसलिगामा मेन्ज०५ लाई ४–० पराजित गरेको छ।
युरोपमा शीर्ष ५ लिगमा सबै खाले प्रतियोगितामा १० गोलमा गोल र अवसर सिर्जना गरिदिने सान्चो पहिलो खेलाडी बनेका छन्। १९ वर्षे सान्चोले ६६औं मिनेटमा डन एलेक्स जानडोउको क्रसलाई पोष्टको दिशा दिएका थिए। उनले ८४औं मिनेटमा निको स्कोल्जले गरेको गोलमा अवसर सिर्जना गरिदिएका थिए।
सान्चोले बुन्डेसलिगा करियरमा २१ गोल गरिसकेका छन्। ‘टिनएज’ एमा होर्सट कोपेल र काइ हाभर्टजले मात्र २४ गोल गरेका छन्।
त्यसअघि मार्को रेउसको गोलमा भ्रमणकारी डर्टमण्डले ३२औं मिनेटमा अग्रता लिएको थियो। डर्टमण्डका लागि अर्को रेउसकै पासमा थोर्गान हाजार्डले गरेका थिए।
जितसँगै डर्टमण्ड २९ अंकका साथ तेस्रो स्थानमा छ। जुन शीर्ष स्थानको राबी लिपजिगभन्दा ४ अंकले पछि हो। चौथो स्थानको बायर्न म्युनिखले २७ अंक जोडेको छ। फिलिप कौटिन्होको उत्कृष्ट प्रदर्शनमा बायर्नले बेर्डर ब्रेमनमाथि ६–१ को सहज जित हात पारेको थियो।
ह्याट्रिक गरेका कौटिन्होले अर्को दुई गोलमा अवसर सिर्जना गरिदिएका थिए। २४औं मिनेटमा मिलोट राशिकाले गोल गरेपछि बायर्न घरेलु मैदानमा एक शुन्यले पछि परेको थियो। पहिलो हाफको अन्तिम समयमा कौटिन्होले बराबरी गोल फर्काए भने कौटिन्होकै पासमा रोबर्ट लेवनडस्कीले अर्को गोल थप्दै बायर्नलाई अग्रता दिलाए।
६३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका कौटिन्होले ७८ औं मिनेटमा ह्याट्रिक गरे। ७५औं मिनेटमा थोमस मुलरले गरेको गोलमा पनि कौटिन्होले अवसर सिर्जना गरिदिएका थिए। मुलरको पासमा लेवनडस्कीले ७२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए।
शनिबारै शीर्ष स्थानको आरबी जिपजिगले डुसेलडोर्फलाई ३–० ले हरायो।