काठमाडौं। कप्तान सन्दीप लामिछानेले ६ छक्कासहित ४२ रन बनाएको खेलमा काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा काठमाडौं महानगरपालिकाले आज बागमतीप प्रदेशलाई जितका लागि २४५ रनको लक्ष्य पेश गरेको छ।
मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको काठमाडौं महानगरपालिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४४ रन बनाएको हो।
सन्दीपले २० बलमा ४२ रन बनाएका हुन्। सन्दीपले घरेलु प्रतियोगिता खेलेको २०१८ पछि यो पहिलो पटक हो। उनले पछिल्लो पटक एभरेष्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियट्सबाट खेलेका थिए। त्यसपछि उनले घरेलु क्रिकेट खेलेका छैनन्।
काठमाडौं महानगरपालिका एक समय ४३÷५ को स्थितिमा थियो। सिद्धान्त लोहनी र सन्दीप रजालीले छैटौं विकेटका लागि ७१ रनको साझेदारी गरेपछि काठमाडौं सम्मानजनक स्कोरतर्फ लम्किएको थियो।
सिद्धान्तले ६७ बलमा तीन चौकासहित ३४ रन बनाए। लगत्तै सन्दीप राजाली पनि ३३ रन बनाएर पवेलियन फर्किए। रजालीले ५८ बलमा चार चौका प्रहार गरे।
त्यसपछि सौरभ खनाल र सन्दीप लामिछानेले काठमाडौं महानगरपालिकाको इनिङ सम्हाले। दुई जनाले आठौं विकेटका लागि ५७ रनको साझेदारी गरे। सन्दीपले २० बलमा ६ छक्कासहित ४२ रन बनाए।
५८ बलमा ६ चौका र एक छक्का प्रहा गरेका सौरभ ४९ रनमा अविजित रहे। सौरभले विपिन खत्रीसँग पनि नवौं विकेटका लागि ६० रनको साझेदारी गरे। विपिनले ३० बलमा एक चौका र तीन छक्कासहित ३२ रन बनाए।
बागमतीका नन्दन यादवले चार विकेट बनाउँदा रामनरेश गिरी र एरिओ पौडेलले समान दुई विकेट लिए। दीपेश श्रेष्ठको नाममा एक विकेट रह्यो।