काठमाडौं। दीपेन्द्रसिंह ऐरीले शतक बनाएपछि नेपाल पुलिस क्लबले आज सशत्र प्रहरी बल (एपीएफ) क्लबलाई जितका लागि २५९ रनको लक्ष्य दिएको छ।
दीपेन्द्रसिंहले काठमाडौं मेयर कपमा ४८ औं ओभरको दोस्रो बलमा शतक पूरा गरेका हुन्। दीपेन्द्रसिंहले अविनाश बोहोराको बलमा छक्का प्रहार गर्दै शतक हानेका हुन्।
दीपेन्द्रले शतक बनाउन १२१ बलमा ९ चौका र तीन छक्का प्रहार गरे। यससँगै दीपेन्द्रसिंह प्रतियोगितामा शतक बनाउने पहिलो खेलाडी बने।
दीपेन्द्रसिंहले १४० रन बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबले सात विकेट गुमाएर २५८ रन बनाएको थियो।
दीपेन्द्रसिंहले २÷२२ को स्थितिबाट नेपाल पुलिस क्लबको इनिङ सम्हालेका थिए। दीपेन्द्रसिंहले ओपनर सुनिल धमलासँग तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे। सुनिल ३३ रन बनाएर आउट भए। त्यसपछि उनले कप्तान मञ्जित श्रेष्ठसँग चौथो विकेटका लागि १४ रनको साझेदारी गरे। मञ्जितले तीन रन बनाए।
दीपेन्द्रसिंहले त्यसपछि पवन सर्राफसँग पाँचौं विकेटका लागि ७० रनको साझेदारी गरे। पवनले ३५ रन बनाए। उनले अनिल शाहसँग छैटौं विकेटका लागि ४४ रनको साझेदारी गरेका थिए।
१४० रन बनाएका दीपेन्द्रसिंह ऐरीले दीलिप नाथसँग सातौं विकेटका लागि ४९ रनको साझेदारी गरे। दीपेन्द्रसिंहले १३१ बलमा ११ चौका र ६ छक्कासहित १४० रन बनाएका हुन्।
सशत्र प्रहरी बलका भुवन कार्कीले तीन विकेट लिए भने अविनाश र अमर राउटेलाले समान एक÷एक विकेट लिए।