लिभरपुलको जितमा सालाह नायक

काठमाडाैं। मोहम्मद सालाहको दुई गोलमा लिभरपुलले आज रेलिगेशनबाट बच्न सघर्षरत वाटफोर्डमाथि २–० को नतिजा निकाल्दै इङ्लिस प्रिमियर लिगको शीर्ष स्थान ११ अंकको अग्रता बनाएको छ।

सालाहले ३८औं मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए। सडियो मानेको पासमा सालाहले एक विपक्षी रक्षकलाई कटाएर हानेको प्रहारलाई वाटफोर्डका बेन फोस्टरले रोक्न सकेनन्।

५०औं मिनेटमा सडियो मानेले अग्रता दोब्बर बनाएका थिए। तर, भिडिओ सहायक रेफ्री (भिएआर)ले त्यसलाई अफसाइड घोषित गरिदिएको थियो। अन्तिम मिनेटमा सालाहले अर्को गोल थप्दै लिभरपुलको तीन अंक पक्का गरे।

सडियो मानेको क्रसमा डिभोग ओरिगीले हानेको बल बाहिरिन लागेको थियो। तर, ६ यार्डबक्सभित्र रहेका सालाहले चलाखी पूर्ण ढंगले उक्त बललाई पोष्टको दिशा दिए।

लिगमा १७ खेल सकिँदासम्म लिभरपुलले अपराजित यात्रालाई कायमै राखेको छ। वाटफोर्ड भने लिगको पुछारमा छ। ४९ अंक जोड्दै लिभरपुलले दोस्रो स्थानको लेस्टर सिटीलाई ११ अंकले पछि छाड्दा वाटफोर्ड भने ९ अंकका साथ पुछारमा छ। जुन रेलिगेशनमाथिको टोलीभन्दा १४ अंकले पछि हो।

प्रतिक्रिया दिनुहोस्