काठमाडौं। रोबर्ट लेवानडोस्कीको ह्याट्रिकप्रेरित बायर्न म्युनिखले उत्कृष्ट पुनरामगन गर्दै गएराति जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमण्डलाई ४–२ ले पराजित गरेको छ।
इर्लिङ ब्राउट हालान्डको गोलमा पाहुना टोली डर्टमण्डले सुरुमै २–० को अग्रता लिएको थियो। हालान्डले २० यार्डबाट हानेको गोलमा डर्टमण्डले ७४औं सेकेन्डमै अग्रता लिएको थियो।
नवौं मिनेटमा हालन्डले थोर्गान हाजार्डको पासमा डर्टमण्डको अग्रता दोब्बर बनाए। २० वर्षे हालान्डको सबैखाले प्रतियोगितामा गरी १०० गोल गरेका छन्।
नर्वेका फरवार्ड हालान्डले १४५ खेलमै १०० गोलको कोशेढुंगा पार गरेका हुन्। यो सफलता हात पार्न केलियन एमबाप्पेले १८० खेलमा, लियोनल मेसीले २१० खेलमा र क्रिष्टियानो रोनाल्डोले ३०१ खेलसम्म कुर्नु परेको थियो।
तर सुरुमै लिएको २–० को अग्रता डर्टमण्डले जोगाउन सकेन। २६औं मिनेटमा लेवानडोस्कीको गोलबाट बायर्नले पुनरागमन गर्यो। ४४औं मिनेटमा लेवनडोस्कीले पेनाल्टीमा बराबरी गोल फर्काए।
खेल सकिन दुई मिनेट बाँकी हुँदा लियोन गोरेट्काले गरेको गोलबाट बायर्नले अग्रता लियो। इन्जुरी समयमा लेवानडोस्कीले ह्याट्रिक गरेपछि बायर्नले नाटकीय विजय हासिल गर्यो।
जारी लिगमा लेवनडोस्कीको यो ३१ औं गोल हो। बुन्डेसलिगाको धेरै गोल गर्ने खेलाडीको सूचीमा लेवानडोस्की शीर्ष स्थानमा छन् । दोस्रो स्थानमा रहेका हालान्डले १९ गोल गरेका छन्। बुन्डेसलिगामा लेवानडोस्कीको यो २६७औं गोल हो।
जितसँगै २४ खेलबाट ५५ अंक जोडेको बायर्न शीर्ष स्थानमा यथावत छ। जुन दोस्रो स्थानमो रहेको आरबी लाइपजिगको भन्दा दुई अंकले माथि हो।
समान खेलबाट लाइपजिगले ५३ अंक जोडेको छ। डर्टमण्ड ३९ अंकका साथ छैटौं स्थानमा छ।
गएराति लाइपजिगले फ्रेइबर्गलाई ३–० ले पराजित गरेको थियो। पाँचौं स्थानको लेभरकुसेनले गएराति बोरुसिया मोन्चेनग्लाडबचलाई १–० ले पराजित गर्यो।
तेस्रो स्थानको उल्फ्सबर्गले होफिनहेइमलाई २–१ को नतिजा सुम्पियो। चौथो स्थानको फ्रांकफ्रटले भिएफबी स्टुटगार्टसँग १–१ को बराबरी खेल्यो।