काठमाडौं। आङ्गछिरिङ शेर्पा स्मृतिमा आयोजित गल्फ प्रतियोगिताको उपाधि सुनिल कार्कीले जितेका छन्।
विभिन्न १० विधामा खेलाइएको उक्त प्रतियोगितामा ४१ अंकका साथ पहिलो भएका हुन्। उप–बिजेता ताहिर शाहले ४० अंक जोडेको थिए।
त्यसैगरी हृदेश कुमार सिंहले प्रतियोगितामा ३४ ग्रस अंक बटुल्दै बेस्ट ग्रसको उपाधि जिते। विजय श्रेष्ठ बेस्ट ग्रसमा रनरअप भए।
स्वर्गीय आङ्ग छिरिङ शेर्पाको फेवरेट होल (होल नम्बर १३)मा बाबु शेर्पाले होलको सबभन्दा नजिक प्रहार गरेर बिजेता बने।
महिलातर्फको उपाधि कश्मिरा शाहले जितिन्। उनले ३८ अंक जोडेकी थिइन्। गिता गुरुङ्ग उप विजेता भइन्। सिनियरतर्फको प्रदिपकुमार श्रेष्ठ वितेजा भए।
जुनियरतर्फ ४४ अंक जोडेका शयान बस्नेत बिजेता बने। तासी छिरिङ डोङ लङ्गेस्ट ड्राइभ विधाको बिजेता बने।
दावा जे शेर्पाले प्रतियोगिताको मोस्ट बर्डीज उपाधि जिते।क्लोटेस्ट टु द पिनतर्फको उपाधि सुरेन्द्र फुँयालले जिते।
होल इन वानको उपाधि सुमन जोशीलाई
गल्फर सुमन जोशीले होल इन वान गरेर कियाको सोनेट कार जितेका छन्।
आङ्गछिरिङ शेर्पाको दोस्रो वार्षिक स्मृतिमा यती एअरलाइन्स, तारा एअर र गोकर्ण फरेस्ट रिसोर्टले संयुक्त रुपमा गल्फ प्रतियोगिताको आयोजना गरेको थियो। दुईदिन सम्म चलेको प्रतियोगितामा १६० जनाले सहभागी भएका थिए।
प्रतियोगीतामा सहभागी खेलाडीबाट उठाईएको ३ लाख बिस हजार रकम शान्ति सेवा गृह, तिलगंगा र वल्र्ड भिजन ईन्टरनेशनल इन नेपाललाई दामासाही रुपमा प्रदान गरियो।
" /> काठमाडौं। आङ्गछिरिङ शेर्पा स्मृतिमा आयोजित गल्फ प्रतियोगिताको उपाधि सुनिल कार्कीले जितेका छन्।विभिन्न १० विधामा खेलाइएको उक्त प्रतियोगितामा ४१ अंकका साथ पहिलो भएका हुन्। उप–बिजेता ताहिर शाहले ४० अंक जोडेको थिए।

">