काठमाडौं। सुमित महर्जनको अर्धशतक तथा बसन्त रेग्मीको उत्कृष्ट प्रदर्शनमा सशत्र प्रहरी बल (एपीएफ)ले आज काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमाथि एक विकेटको रोमाञ्चक विजय हासिल गरेको छ।
रोहितकुमारले ५६ रन बनाएपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको त्रिभुवन आर्मी क्लबले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको हो। सुमित महर्जनले ६० तथा बसन्त रेग्मीले ४९ रन बनाएपछि २३६ रनको लक्ष्य दुई बल बाँकी हुँदा ९ विकेट गुमाएर पुरा गरेको हो।
त्रिभुवन आर्मी र एपीएफ प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा पनि आमने सामने भएका थिए। उक्त खेलमा त्रिभुवन आर्मीले एपीएफलाई ३३ रनले पराजित गरेको थियो। एपीएफ आज मेयर कपको उद्घाटन खेलमा उक्त हारको बदला लिन सफल भएको छ।
२३६ रनको लक्ष्य पछ्याएको एपीएफ एक समय ६७/६ को स्थितिमा थियो। तर सुमित र बसन्तले सातौं विकेटका लागि ७१ रनको साझेदारी गरेपछि एपीएफ जितउन्मुख भएको हो। सुमित ६० रन बनाएर आउट भए। उनले ७८ बलमा आठ चौका प्रहार गरे।
त्यसपछि बसन्तले अमरसिंह राउटेलासँग ६५ रनको साझेदारी गरेपछि एपीएफ सहज स्थितिमा पुगेको हो। बसन्तले ७९ बलमा तीन चौका र एक छक्का प्रहार गरे। अमरसिंहले २१ बलमा एक चौका र चार छक्कासहित ३८ रन बनाए। एपीएफका कमलसिंह ऐरी चार तथा अबिनाश बोहरा सात रनमा अविजित रहे।
.jpg)
त्रिभुवन आर्मीका बिक्रम सोबले तीन तथा करण केसीले दुई विकेट लिए। सोमपाल कामी, शाहब आलम र लोकेश बमको नाममा एक एक विकेट रह्यो।
त्यसअघि टस ब्याटिङका लागि निम्त्याइएको त्रिभुवन आर्मी क्लबलाई ओपनरद्धय सोमपाल कामी र लोकेश बमले राम्रो सुरुआत दिएका थिए। दुईले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे। सोमपाल २८ रन बनाउँदा आउँट हुँदा लोकेशले ३० रन बनाए।
रोहितकुमारले ७८ बलमा ३ चौकासहित ५६ रन बनाएका हुन्। भिम सार्कीले १८ रन बनाउँदा कप्तान विनोद भण्डारीले ४२ रन बनाए। राजेश पुलामी मगरले १७ र कुशल मल्लले ११ रन बनाए। अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
एपीएफका अविनाष बोहराले तीन विकेट लिए। अमरसिंह राउटेला र भुवन कार्कीले समान दुई विकेट लिँदा बसन्त रेग्मी र कमलसिंह ऐरीको नाममा १-१ विकेट रह्यो।
" /> काठमाडौं। सुमित महर्जनको अर्धशतक तथा बसन्त रेग्मीको उत्कृष्ट प्रदर्शनमा सशत्र प्रहरी बल (एपीएफ)ले आज काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमाथि एक विकेटको रोमाञ्चक विजय हासिल गरेको छ।रोहितकुमारले ५६ रन बनाएपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको त्रिभुवन आर्मी क्लबले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको हो। सुमित महर्जनले ६० तथा बसन्त रेग्मीले ४९ रन बनाएपछि २३६ रनको लक्ष्य दुई बल बाँकी हुँदा ९ विकेट गुमाएर पुरा गरेको हो।

">