काठमाडौं। रविचन्द्र आश्विन र अक्सर पटेलको उत्कृष्ट बलिङप्रेरित भारतले इङ्ल्यान्डमाथि एक इनिङ २५ रनको शानदार विजय हासिल गरेको छ। यससँगै भारतले आईसीसी वल्र्ड टेष्ट च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ।
अहमदाबादमा चौथो टेष्टको जितसँगै भारतले इङ्ल्यान्डविरुद्धको टेष्ट शृंखला ३–१ ले जित्न सफल भाएको छ। भारतले अब आईसीसी वल्र्ड टेष्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ। न्युजिल्यान्डले यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ।
आईसीसी वर्ल्ड टेष्ट च्याम्पियनसिपको अंक तालिकामा अस्ट्रेलिया तेस्रो स्थानमा छ। इङ्ल्यान्ड चौथो स्थानमा छ।
.jpg)
घरेलु टोली भारतले २९४/७ को स्थितिबाट तेस्रो दिन सुरु गरेको थियो। तेस्रो दिन सुरु गर्दा वासिङ्टन सुन्दर ६० र अक्सर पटेल ११ रनको स्थितिमा थिए।
वासिङ्टन सुन्दरले अविजित ९६ रन बनाए भने पटेल ४३ रन बनाएर रनआउट भए। भारतले पहिलो इनिङमा ३६५ रन बनाउँदा सबै विकेट गुमाएको हो। पाहुना टोली इङ्ल्यान्डका बेन स्टोक्सले ४, जेम्स एन्डरसनले ३ र ज्याक लेचले दुई विकेट लिए।
.jpg)
आश्विन र पटेलले समान पाँच विकेट लिएपछि दोस्रो इनिङ थालेको इङ्ल्यान्डले १३५ रन बनाउँदा सबै विकेट गुमायो। पहिलो इनिङमा आश्विनले तीन तथा पटेलले चार विकेट लिएका थिए।
अहमदावादको मोतेरास्थित नरेन्द्र मोदी रंगशालामा टस जितेर ब्याटिङ गरेको इङ्ल्यान्डले पहिलो इनिङमा २०५ रन बनाउँदा सबै विकेट गुमाएको थियो।
" /> काठमाडौं। रविचन्द्र आश्विन र अक्सर पटेलको उत्कृष्ट बलिङप्रेरित भारतले इङ्ल्यान्डमाथि एक इनिङ २५ रनको शानदार विजय हासिल गरेको छ। यससँगै भारतले आईसीसी वल्र्ड टेष्ट च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ।अहमदाबादमा चौथो टेष्टको जितसँगै भारतले इङ्ल्यान्डविरुद्धको टेष्ट शृंखला ३–१ ले जित्न सफल भाएको छ। भारतले अब आईसीसी वल्र्ड टेष्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ। न्युजिल्यान्डले यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ।

">