काठमाडौं। भारतले इङ्ल्यान्डविरुद्ध चौथो टेस्टको पहिलो इनिङमा एक सय ६० रनको अग्रता लिएको छ।
शनिबार अहमदावादमा भारतले पहिलो इनिङमा तीन सय ६५ रन बनाउँदा सबै विकेट गुमाएको हो।
घरेलु टोली भारतले २९४/७ को स्थितिबाट तेस्रो दिन सुरू गरेको थियो। तेस्रो दिन सुरू गर्दा वासिङ्टन सुन्दर ६० र अक्सर पटेल ११ रनको स्थितिमा थिए।
वासिङ्टन सुन्दरले अविजित ९६ रन बनाए भने पटेल ४३ रन बनाएर रनआउट भए। पाहुना टोली इङ्ल्यान्डका बेन स्टोक्सले चार, जेम्स एन्डरसनले तीन र ज्याक लेचले दुई विकेट लिए।
अहमदावादको मोतेरास्थित नरेन्द्र मोदी रंगशालामा टस जितेर ब्याटिङ गरेको इङ्ल्यान्डले पहिलो इनिङमा दुई सय पाँच रन बनाउँदा सबै विकेट गुमाएको थियो।
" /> काठमाडौं। भारतले इङ्ल्यान्डविरुद्ध चौथो टेस्टको पहिलो इनिङमा एक सय ६० रनको अग्रता लिएको छ।शनिबार अहमदावादमा भारतले पहिलो इनिङमा तीन सय ६५ रन बनाउँदा सबै विकेट गुमाएको हो।

">