काठमाडौं। ललितपुरका सनिल शाही र नक्सालकी सुस्मिता तामाङले वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको फाइनलमा स्थान बनाएका छन्।
पुरुष ६४ केजी तौलसमूहमा सनिलले धादिङका पवन गुरुङ र महिला ४८ केजी तौलसमूहमा सुस्मिताले भक्तपुरकी अस्मिता दुवाललाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्। सनिल १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता हुन्। सुस्मिताले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेकी थिइन्।
पुरुष ६४ केजी तौलसमूहमा प्लाटिनमका अस्विनदेव श्रेष्ठले काभ्रेका भरत चन्दलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका छन्। महिला ४८ केजी तौलसमूहमा आरडीएसकी रमिसा श्रेष्ठले बोसिगाउँकी माया क्षत्रीलाई पराजित गर्दै सुस्मितासँगको फाइनल भिडन्त पक्का गरिन्।
महिला ५१ केजी तौलसमूहको फाइनलमा बोसिगाउँकी हरिना ऐर र नक्सालकी रोशनी राईले प्रतिस्पर्धा गर्ने भएकी छिन्। हरिनाले नुवाकोटकी प्रतिभा शाही र रोशनीले प्लाटिनमकी केनिका राईलाई पराजित गरेका हुन्। महिला ५४ केजी तौलसमूहमा थानकोटकी सुशीला ब्लोनले आरडीएसकी सदीक्षा मगर र मेघदूतकी मन्दिरा पुतुवारले बक्समान्डुकी जस्मिन केसीलाई पराजित गर्दै फाइनलमा स्थान बनाए।
महिला ५७ केजी तौलसमूहमा नक्सालकी सिवानी श्रेष्ठले आरडीएसकी सुमिरा रुपाखेती र रामेछापकी डोल्मा तामाङले बक्समान्डुकी श्रद्धा प्रसाईलाई पराजित गर्दै फाइनलमा स्थान बनाए।
महिलातर्फकै ६० केजी तौलसमूहमा रसुवाकी सजिता चौधरी र बक्समान्डुकी डिचेन शेर्पाले फाइनलमा स्थान बनाए। सजिताले केन्द्रीय बक्सिङकी स्नेहा मानन्धर र डिचेनले नुवाकोटकी रीता विकलाई पराजित गरेका थिए। महिला ६४ केजी तौलसमूहमा नक्सालकी अम्विका गहतराजले नुवाकोटकी अस्मिता चन्द तथा बक्समान्डुकी हेमा राईले रसुवाकी सपना ऐडीलाई पराजित गरे।
पुरुषको४९ केजी तौलसमूहमा नुवाकोटका मोहन गुरुङ र काभ्रेका धमेन्द्र राईले फाइनलमा स्थान बनाए। मोहनले नक्सालका पवनबहादुर श्रेष्ठ र धमेन्द्रले तारकेश्वरका सुजन ओलीलाई पाखा लगाएका हुन्। पुरुष ५२ केजी तौलसमूहमा कोट्स्य भैरवका सुमन नेपालीले मकवानपुरका बुद्ध लामा तथा बक्समान्डुुका वाङ्दी शेर्पाले थानकोटका सुजन महर्जनलाई पराजित गर्दै उपाधि नजिक पुगे।
पुरुषकै ५६ केजी तौलसमूहमा कोट्स्य भैरवका प्रशान्त लामा र एचटुओका बुद्ध लामा फाइनलमा स्थान बनाए। प्रशान्तले नुवाकोटका प्रकाश मगर र बुद्धले धादिङका जेनिस गुरुङलाई पाखा लगाए। त्यसैगरी पुरुष ६० केजी तौलसमूहमा नक्सालका मौसम राना र बक्समान्डुका गणेश थापा, ६९ केजी तौलसमूहमा बक्समान्डुका चन्द्र तामाङ र आरडीएसका करणसिंह ठकुरी, ७५ केजी तौलसमूहमा कोट्स्य भैरवका रुपक नेपाली र रेजका कोसिस श्रेष्ठ तथा पुरुषको ८१ केजी तौलसमूहमा मेघदूतका कृष्णराज गिरी र तारकेश्वरका केशर खत्रीले फाइनलमा स्थान बनाए।
प्रतियोगिताको हरेक तौलसमूहका विजेताले नगद १० हजार, दोस्रो हुनेले सात हजार र तेस्रो हुने खेलाडीले जनही चार हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताका उत्कृष्ट महिला खेलाडीले स्कुटर र पुरुष खेलाडीले मोटरसाइकल पाउनेछन्।