काठमाडौं। धीरज श्रेष्ठको दुई गोलप्रेरित मध्यपुर युथ एसोसिएसनले आज शहीद स्मारक ‘बी’ डिभिजन लिगमा पुल्चोक स्पोर्टस क्लबलाई ३–२ ले पराजित गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा पुल्चोकले किस्मत लिम्बुको गोलबाट १६औं मिनेट अग्रता लिएको थियो। ३२औं मिनेटमा मध्यपुरका धीरजले बराबरी गोल फर्काए।
पहिलो हाफको इन्जुरी समयमा सिरव तामाङको गोलबाट पुल्चोकले पुनः अग्रता लियो। तर अग्रता जोगाउन भने पुल्चोक असफल रह्यो। ६२औं मिनेटमा पुल्चोकका यमबहादुर श्रेष्ठले गरेको आत्मघाती गोलमा मध्यपुरले बराबरी गर्यो।
धीरजले ६६औं मिनेटमा गरेको व्यक्तिगत दोस्रो गोल मध्यपुरको जितमा निर्णायक बन्यो।
जारी लिगमा मध्यपुरको यो तेस्रो जित हो। जितसँगै मध्यपुर सातौं स्थानमा उक्लिएको छ। एक खेल बराबरी खेलको मध्यपुर पाँच खेलमा पराजित भएको थियो। मध्यपुरले नौ खेलबाट दस अंक जोडेको छ।
पुल्चोकको भने यो सातौ हार हो। पुल्चोकले नौ खेलबाट दुई अंक जोडेको छ। पुल्चोकले दुई खेल बराबरी खेलको थियो। लिगको अन्तिम स्थानमा रहेको पुल्चोकले जितविहिन रहेको छ।
" /> काठमाडौं। धीरज श्रेष्ठको दुई गोलप्रेरित मध्यपुर युथ एसोसिएसनले आज शहीद स्मारक ‘बी’ डिभिजन लिगमा पुल्चोक स्पोर्टस क्लबलाई ३–२ ले पराजित गरेको छ।ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा पुल्चोकले किस्मत लिम्बुको गोलबाट १६औं मिनेट अग्रता लिएको थियो। ३२औं मिनेटमा मध्यपुरका धीरजले बराबरी गोल फर्काए।

">