काठमाडौं। तेह्रौं दक्षिण एशियाली खेलकुद (साग)का पदक विजेता तेक्वान्दो खेलाडीलाई आज सुमेरु ग्रपले नगदसहित सम्मान गरेको छ।
सागमा तेक्वान्दोबाट नेपालले १२ स्वर्ण, ६ रजत र ११ कास्य पदक जितेको थियो। पदक विजेता खेलाडीलाई नेपाल तेक्वान्दो संघका उपाध्यक्ष तथा सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले खेलाडीलाई नगद प्रदान गरेका थिए।
स्वर्ण पदक विजेतालाई ५० हजार, रजतलाई २५ हजार र कास्य पदक विजेतालाई १५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।
त्यस्तै युगल स्पर्धामा स्वर्ण जित्नेलाई २५ हजार र टिममा स्वर्ण जित्नेलाई २० हजार रुपैयाँ नगद पुरस्कार दिइएको थियो। त्यस्तै प्रशिक्षक र टिम व्यवस्थापकलाई पनि समान १५/१५ हजार रुपैयाँ रकमबाट सम्मानित गरिएको थियो ।