काठमाडौं। लामो समयपछि कोर्टमा फर्किएका विवेक श्रेष्ठ प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको अन्तिम चारबाट बाहिरिएका छन्। पूर्वजुनियर च्याम्पियन विवेक पाँचथरका दिवस शंकरसँग २-० को सोझो सेटमा पराजित भएको हुन्।
भोजपुरका विवेक २१-१९, २१-८ को स्कोरमा पराजित भएका भएका थिए। विजयी दिवसले अब उपाधिका लागि आफ्नै जिल्लाका एसिया जवेगुविरुद्ध खेल्नेछन्। वेगुले संखुवासभाका पविन लिनथेपलाई २१-१५, २१-८, २१-१७ ले हराएका थिए।
भोजपुर जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको प्रतियोगितामा महिला एकलतर्फ भोजपुरकी नङ्गशलदेवी तामाङ्गले पनि फाइनलमा स्थान बनाएकी छिन्। नङ्गशदलदेवी सुनसरीकी सृष्टि चामलिङ्ग राईलाई २१-९, २१-८ ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेकी हुन्।
नङ्गशलले अब उपाधिका लागि सुनसरी ब्याडमिन्टन एकेडेमीकी सीमा राजवंशीसँग प्रतिस्पर्धा गर्नेछिन्। सीमाले अन्तिम चारमा मोरङ्गकी रोज पाण्डेलाई २१-१२, २१-१३ ले पराजित गरेकी हुन्।
पुरुष युगलतर्फ भोजपुरका नविन श्रेष्ठ र रत्नजित तामाङ्गको जोडीले झापाका प्रनिशसिंह ठकुरी र सुनसरीका सुजन श्रेष्ठको जोडीलाई २१-१९, २२-२० ले पराजित गर्दै फाइनलमा स्थान बनाएका छन्।
त्यस्तै संखुवासभाका पविन लिनलेप र सोलुखुम्बुका पेम्बा शेर्पाको जोडीले सुनसरीका प्रकास लिम्बु र सत्यम सुब्बाको जोडीलाई २१-१०, २१-१५, २१-१२ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएका हुन्।
यु-१७ पुरुष एकलतर्फ सुनसरीका सत्यम सुब्बाले खोटाङ्गका सनम राईलाई हराउँदै फाइनलमा स्थान बनाए। चौदण्डीगढीका बिनय चौधरीले रिटायर्ड हर्टका कारण खेल त्यागेपछि ईटहरी ब्याडमिन्टन एकेडेमीका भोजबहादुर गुरुङ्गले फाईनलमा स्थान पक्का गरे।
यु-१७ महिलातर्फ मोरङ्गकी रोज पाण्डे र सुनसरीकी सृष्टी चामलिङ्ग राईले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। रोजले चौदण्डीगढी नगरपालिकाकी रोजी राईलाई २१-१२, २१-९ ले तथा सृष्टीले चौदण्डीगढीकै स्मृती राईलाई २१-७, २१-१० ले पराजित गर्दै फाइनलमा स्थान बनाए।
" /> काठमाडौं। लामो समयपछि कोर्टमा फर्किएका विवेक श्रेष्ठ प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको अन्तिम चारबाट बाहिरिएका छन्। पूर्वजुनियर च्याम्पियन विवेक पाँचथरका दिवस शंकरसँग २-० को सोझो सेटमा पराजित भएको हुन्।भोजपुरका विवेक २१-१९, २१-८ को स्कोरमा पराजित भएका भएका थिए। विजयी दिवसले अब उपाधिका लागि आफ्नै जिल्लाका एसिया जवेगुविरुद्ध खेल्नेछन्। वेगुले संखुवासभाका पविन लिनथेपलाई २१-१५, २१-८, २१-१७ ले हराएका थिए।

">