काठमाडौं। कप्तान एरोन फिन्च ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियाबाट सबभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन्। फिन्चले कीर्तिमान रन बनाएको दिन अस्ट्रेलियाले न्युजिल्यान्डलाई ५० रनले पराजित गरेको छ।
न्युजिल्यान्डविरुद्धको चौथो खेलमा फिन्चले अविजित ७९ रन बनाए। यससँगै उनले ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई हजार ३१० रन बनाई अस्ट्रेलियाबाट ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबभन्दा धेरै रन बनाउने खेलाडी बनेका हुन्। दोस्रो स्थानमा रहेका ओपनर डेबिड वार्नरले दुई हजार २६५ रन बनाएका छन्।
फिन्चले अविजित ७९ रन बनाएपछि टस जितेर ब्याटिङको निर्णय गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनायो। १५७ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १८.५ ओभरमा सबै विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो।
यससँगै अस्ट्रेलियाले पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला २-२ को बराबरी गरेको छ।
फिन्चले ५५ बलमा पाँच चौका र ६ छक्कासहित ७९ रन बनाए। फिन्च अस्ट्रेलियाबाट ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी पन बनेका छन्। फिन्चले ७० इनिङमा १०३ छक्का प्रहार गरेका छन्। ग्लेन म्याक्सवेलले ६३ इनिङमा ९३ छक्का हानेका छन्।
फिन्चबाहेक अष्ट्रेलियाका लागि मार्कुस स्टोइनिसले १९, ग्लेन म्याक्सवेलले १८, म्याथ्यु वेडले १४ रन बनाए।
न्युजिल्यान्डका इश सोधीले तीन विकेट लिँदा ट्रेन्ट बोल्टले दुई विकेट लिए। मिचेल सन्टनरको नाममा एक विकेट रह्यो।
न्युजिल्यान्डका लागि काइलज्यामिन्सनले सवभन्दा धेरै ३० रन बनाए। त्यस्तै न्युजिल्यान्डका टिम सेफर्टले १९ र डेभोन कनवेले १७ रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
अष्ट्रेलियाका केन रिचार्डशनले तीन विकेट लिए। रिचर्डशनले २.५ ओभरमा १९ रन दिएर तीन विकेट हात पारेका हुन्। अष्ट्रेलियाका एष्टन अगर, एडम जम्पा र म्याक्सवेलले समान दुई विकेट लिए।
" /> काठमाडौं। कप्तान एरोन फिन्च ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियाबाट सबभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन्। फिन्चले कीर्तिमान रन बनाएको दिन अस्ट्रेलियाले न्युजिल्यान्डलाई ५० रनले पराजित गरेको छ।न्युजिल्यान्डविरुद्धको चौथो खेलमा फिन्चले अविजित ७९ रन बनाए। यससँगै उनले ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई हजार ३१० रन बनाई अस्ट्रेलियाबाट ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबभन्दा धेरै रन बनाउने खेलाडी बनेका हुन्। दोस्रो स्थानमा रहेका ओपनर डेबिड वार्नरले दुई हजार २६५ रन बनाएका छन्।

">