काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछानेले काठमाडौं मेयर कप क्रीकेट प्रतियोगितामा काठमाडौं(११ को कप्तानी गर्ने भएका छन्।
पाकिस्तान सुपर लिग खेल्न गएका सन्दीप सो लिग स्थगित भएपछि आज नेपाल फर्कँदै छन्। नेपाल आएर कोरोना भाइरस परीक्षणको नतिजा आएपछि मात्र मेयर कप खेल्नेछन्।
सन्दीपले २०१८ पछि घरेलु प्रतियोगिता खेल्न लागेको यो पहिलो हो। उनले पछिल्लोपटक एभरेस्ट प्रीमियर लिगमा ललितपुर प्यट्रीयट्सबाट खेलेका थिए।
काठमाडौं मेयर कपमा तीन विभागीय टिमसँगै पाँच टिमको सहभागिता रहेको छ। अर्को टिम बागमती प्रदेश हो।
भोलिबाट सुरु हुने प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछ।
प्रतियोगिताको पहिलो दिन त्रिवि मैदानमा त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबविरुद्ध खेल्नेछ। त्यस्तै, मूलपानी मैदानमा नेपाल पुलिस क्लबले बागमती प्रदेशविरुद्ध खेल्नेछ।
काठमाडौं-११ टिम
सन्दिप लामिछाने (कप्तान), सिद्धान्त लोहनी, अर्जुन कुमाल, सौरभ खनाल, सन्दिप रजाली, खड्ग बहादुर बोहरा, हरिशंकर शाह, विवेक यादव, कृष्ण कार्की, रविन्द्र जंग शाही, बिपिन रावल, बिपिन खत्री, अनिल खरेल, विक्रम भुसाल, नारायण जोशी र अनुज चुनारा
" /> काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछानेले काठमाडौं मेयर कप क्रीकेट प्रतियोगितामा काठमाडौं(११ को कप्तानी गर्ने भएका छन्।पाकिस्तान सुपर लिग खेल्न गएका सन्दीप सो लिग स्थगित भएपछि आज नेपाल फर्कँदै छन्। नेपाल आएर कोरोना भाइरस परीक्षणको नतिजा आएपछि मात्र मेयर कप खेल्नेछन्।

">