काठमाडौं। सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज भएको खेलमा सातदोबाटोले बाँसबारी क्लवमाथि ४-१ को सहज जित निकालेको छ।
जितसँगै जारी लिगमा सातदोबाटोले अपराजित यात्रालाई कायम राखेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा १०औं मिनेटमा आशिष राईको गोलमा सातदोबाटोले पहिलो अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा भुवन बस्नेतको गरेको प्रहार बाँसबारीका खेलाडीलाई लाग्दै गोल भएपछि सातदोबाटोले २-० को अग्रता बनाएको थियो।
प्रवेश बस्नेतले सातदोबाटोका लागि ५३औं मिनेटमा तेस्रो गोल गरे। ६२औं मिनेटमा दिनेश राईले चौथो गोल गरेपछि सातदोबाटोले सहज जित सुनिश्चित गरेको हो।
बाँसबारीका लागि ७८औं मिनेटमा निसान्त सुनारले सान्त्वाना गोल गरे।
सातदोबाटोको यो आठौं जित हो। सातदोबाटोले नौ मध्ये एक खेल बराबरी खेलेको थियो। कूल २५ अंकका साथ सातदोबाटो लिगको शीर्ष स्थानमा रहेको छ।
बाँसबारीको भने यो दोस्रो हार हो। बाँसबारीले नौमध्ये छ खेलमा जित र एक खेल बराबरी खेलेको थियो। बाँसबारी १८ अंकसहित लिगको तेस्रो स्थानमा रहेको छ।