इङ्लिस प्रिमियर लिगमा टोटनह्यामसँग १–० ले पराजित भएपछि फुलह्यामका प्रशिक्षक स्कट पार्करले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले फुटबलको उत्साहलाई मार्दै गएको बताएका छन्। ">
टोटनह्यामद्वारा फुलह्याम १–० ले पराजित
काठमाडौं। इङ्लिस प्रिमियर लिगमा टोटनह्यामसँग १–० ले पराजित भएपछि फुलह्यामका प्रशिक्षक स्कट पार्करले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले फुटबलको उत्साहलाई मार्दै गएको बताएका छन्।

टोटनह्यामको मैदानमा भएको खेलमा फुलह्यामका जस माजाले दोस्रो हाफमा गरेको बराबरी गोलले मान्यता नपाएपछि प्रशिक्षक उनले यस्तो बताएका हुन्।

मारियो लेमिनाको हातमा लागेको भन्दै रेफ्रीले भीएआरको सहयोगमा गोल रद्द गरेका थिए।

टोटनह्यामको जितमा फुलह्यामका टोसिन अडारबियोयोले १९औं मिनेटमा गरेको आत्मघाती गोल नै निर्णायक बन्यो।
प्रिमियर लिगकै अर्को खेलमा एभरटनले वेष्टब्रुमलाई १–० ले पराजित ग¥यो।

प्रतिक्रिया दिनुहोस्