काठमाडौं। नेपाली अग्रज खेलाडीहरूको छाता संस्था भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा सञ्चालन हुने पोखरा म्याराथनका लागि मञ्चको अन्तर्राष्ट्रिय पार्टनर सस्था पोखरेली मञ्च युकेले ५ लाख ३० हजार सहयोग गरेको छ।
पोखरेली मञ्च युकेका कोषाध्यक्ष एवं समाजसेवी कमल गुरुङले ५ लाख ३० हजारको चेक भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेज गुरुङलाई हस्तान्तरण गरेका हुन्। भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष गुरुङले पोखरेली मञ्च युकेको सहयोगका लागि आभार व्यक्त गरे। उनले भने, “विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ का विचमा विदेशबाट पोखरा म्याराथनका लागि सहयोग हुनु सराहनीय छ।”
पोखरा म्याराथन नेपालकै मात्रै नभई विश्वका लागि पनि चासोको विषय बनेको बताउँदै अध्यक्ष गुरुङले विदेशमा बसेर पनि आफ्नो देश ठाउँ, गाउँ र शहरको पहिचानका लागि हुने सहयोग महत्त्वपूर्ण रहेको बताए।
“पोखरा म्याराथन शहरको उत्सव मात्रै नभई खेलकूद मार्फत पोखराको आर्थिक उन्नति पनि होस् भन्ने चाहन्छौ,” भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष अध्यक्ष गुरुङले भने। २०२४ सम्म पोखरा म्याराथनलाई म्याराथन दौडको अन्तर्राष्ट्रिय छाता संस्था एम्समा दर्ता गर्ने लक्ष्य लिएको बताए।
पोखरेली मञ्च युकेका कोषाध्यक्ष कमल गुरुङले पोखरा म्याराथनलाई सहयोग गर्नु सबैका लागि गौरवको विषय भएको बताए। उनले पोखरा म्याराथनलाई दौडका रूपमा भन्दा पनि ‘च्यारिटी’मार्फत् अगाडि बढ्न सके यसले समाजमा प्रतिफलसँगै राम्रो सन्देश जाने बताए।
पोखरेली मञ्च युकेका अध्यक्ष मानप्रसाद गुरुङले पोखरा म्याराथनमा उपस्थित हुन नसके पनि उक्त रकम संकलनका लागि पूर्वराष्ट्रिय महिला भलिबल खेलाडी मञ्जु गुरुङ राईको संयोजकत्वमा अर्थ संकलन समिति गठन गरेको जानकारी दिएका छन्। उक्त समितीमा कोषाध्यक्ष कमल गुरुङ अर्थ संयोजक र रामचन्द्र गुरुङ ‘सुर्जे’ अर्थ सल्लाहाकार समितिमा रहेका थिए।
१० र पाँच किलोमिटर दौडको रुट परिवर्तन
पोखरा म्याराथनअन्तर्गत आयोजना हुने १० किलोमिटर महिला तथा पुरुष र ५ किलोमिटर छात्रा-छात्रा दौडको रुट परिवर्तन भएको भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष गुरुङले बताए।
चैत्र १४ गते हुने १० किलोमिटर दौड पोखरा रंगशालाबाट शुरु भएर पृथ्वीचोक, मुस्ताङचोक, शहिद चोक, लेकसाइड हल्लनचोक, जरेवर, जिरो किमि, सृजनाचोक, सभागृह चोक, न्यूरोड हुँदै चिप्लेढुङ्गास्थित मानवअधिकार चौतारमा पुगेर समापन गरिने मञ्चले जनाएको छ।
त्यसै गरी २०७८ वैशाख ४ गते आयोजना हुने पाँच किलोमिटर दौड पोखरा रंगशाला, पृथ्वीचोक, सभागृह चोक, न्यूरोड, बिपी चोक चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुँदै पोखरा रंगशालामा पुगेर समापन हुनेछ।
ह्विलचियर तथा दृष्टिविहीन दौडको तयारी पूरा
पोखरा म्याराथनअन्तर्गत यही फागुन २२ गते शनिबार आयोजना हुने ह्विल चियर महिला तथा पुरुष र दृष्टिविहीन महिला तथा पुरुष दौडको अन्तिम तयारी पूरा भएको मञ्चले जनाएको छ।
उक्त दौडअन्तर्गत ह्विलचियर महिला पुरुषतर्फ १५ र दृष्टि विहिनतर्फ ४५ जनाभन्दा बढीले नाम दर्ता गरिसकेको मञ्चका सचिव कृष्ण तिमिल्सिनाले बताए।
" /> काठमाडौं। नेपाली अग्रज खेलाडीहरूको छाता संस्था भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा सञ्चालन हुने पोखरा म्याराथनका लागि मञ्चको अन्तर्राष्ट्रिय पार्टनर सस्था पोखरेली मञ्च युकेले ५ लाख ३० हजार सहयोग गरेको छ।पोखरेली मञ्च युकेका कोषाध्यक्ष एवं समाजसेवी कमल गुरुङले ५ लाख ३० हजारको चेक भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेज गुरुङलाई हस्तान्तरण गरेका हुन्। भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष गुरुङले पोखरेली मञ्च युकेको सहयोगका लागि आभार व्यक्त गरे। उनले भने, “विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ का विचमा विदेशबाट पोखरा म्याराथनका लागि सहयोग हुनु सराहनीय छ।”

">