काठमाडौं। सहिद स्मारक बी डिभिजन लिगमा आज आरसीटी र श्रीकुमारी क्लबले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन्।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा आरसीटीले सुरूआती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन।
खेलको दोस्रो मिनेटमा नै अजित गुरूङले गरेको हेड गोलबाट आरसीटीले अग्रता बनाएको थियो। तर, आरसीटीको अग्रता धेरैबेर टिकेन। २१औं मिनेटमा युवराज राईले श्रीकुमारीका लागि बराबरी गोल गरे।
बराबरीसँगै आरसीटीले लिगको तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ। आरसीटी १३ अंकसहित लिगको पाँचौं स्थानमा रहेको छ। आरसीटीले खेलेका नौ खेलमध्ये तीनमा विजयी हुँदा दुईमा पराजय बेहोरेको छ। आरसीटीले चार खेल बराबरी खेलेको छ।
श्रीकुमारीको यो दोस्रो बराबरी हो। लिगको नौ खेलमध्ये दुई खेलमा विजयी भएको श्रीकुमारी पाँच खेलमा पराजित भएको थियो। दुई खेल बराबरी खेलेको श्रीकुमारी आठ अंकसहित आठौं स्थानमा रहेको छ।