काठमाडौं। श्रीलंकाविरुद्धको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा वेष्ट इन्डिजले चार विकेटको विजय हासिल गरेको छ।
वेष्ट इन्डिजले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३१ रन बनाएको थियो। एक सय ३२ रनको लक्ष्य वेष्ट इन्डिजले १३.१ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको हो।
जितसँगै तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा वेष्ट इन्डिज १–० ले अगाडि भएको छ।
श्रीलंकाका लागि पाथुम निशान्काले सबभन्दा धेरै ३९ रन बनाए। निरोशन दिकवेलाले ३३ रन बनाउँदा पिनाडुवेग वानिन्दु हसरंगा डी सिल्भाले १२, दिनेश चण्डीमलले ११ र अशेन बन्दराले १० रन बनाए।
वेष्ट इन्डिजका ओबेद म्याककेएले दुई विकेट लिए। केभिन सिनक्लेयर, फिडेल इडवार्ड, जसोन होल्डर, ड्यानी ब्राभो र फाबियन एलेनले एक एक विकेट लिए।
एक सय ३२ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजका लागि कप्तान किरन पोलार्डले ३८, इभिन लेविसले २८, लेन्डल सिमोन्सले २६ रन बनाउँदा होल्डरले अविजित २९ रन बनाए।
श्रीलंकाका एकिला धनन्जय र डी सिल्भाले समान तीन÷तीन विकेट लिए।