मेयर कप खेल्न बागमती प्रदेशले घोषणा गर्यो टिम

काठमाडौं। बागमती प्रदेशले मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिताका लागि आफ्नो टिम घोषणा गरेको छ।

बागमतीले नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्कासहित १५ खेलाडी समावेश गरी टोली घोषणा गरेको हो।

टिममा मल्ल र खड्कासँगै पृथु बास्कोटा, अदिलखान, इसान पाण्डे, आकाश थापा, रामनरेश गिरी, नन्दन यादव, सोनु तामाङ, अरियो पौडेल, सानु देवकोटा, विपिन आचार्य, सुबास खत्री, दीपेश श्रेष्ठ र गौतम केसी समेटिएक छन्।

प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान र मुलपानी क्रिकेट रंगशालामा फागुन २२ गतेदेखि हुनेछ।

प्रतियोगितामा बागमती प्रदेशसहित त्रिभुवन आर्मी क्लव, सशस्त्र प्रहरी बल (एपीएफ), नेपाल पुलिस क्लव र काठमाडौं महानगरपालिका गरी पाँच टोलीले प्रतिस्पर्धा गर्ने छन्।

काठमाडौं महानगरपालिकाबाहेक अन्य टिम प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलेका टिम हुन्।

प्रतिक्रिया दिनुहोस्