काठमाडौं। म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले नयाँ अध्यक्षको चयनपछि पूर्वक्लब बार्सिलोनाको संकट टर्ने विश्वास व्यक्त गरेका छन्।
चुनाव नजिकिँदै गर्दा प्रहरीले क्लबको मुख्यालममा छापा मारेर बार्सिलोनाका पूर्वअध्यक्ष जोसेप मारिया बर्टोमेउलाई पक्राउ गरेको छ। उनीमाथि भ्रष्ट्राचार र पदको दुरूपयोग गरेको आरोप लागेको छ।
प्रहरीले बार्सिलोनाको कानुन विभाग प्रमुख रोमन गोमज पोन्टी र पूर्वनिर्देशक जाउमी मसफेरेरलाई पनि पक्राउ गरेको थियो। क्याटलोनियाको उच्च अदालतले केही समयपछि मात्र उनीहरूको मुद्दा सुनुवाइ हुने जानकारी दिएको छ। पूर्वअध्यक्षसहित चार जनाविरुद्धको अनुसन्धान विशेषगरी ‘बार्सागेट काण्ड’ सँग सम्बन्धित छ। बार्टोमेउले नेतृत्व गर्दा क्लबले लियोनल मेसी, ग्वार्डिओला, जाभी, जेरार्ड पिके र पूर्वअध्यक्ष जोन लापोर्टाविरुद्ध सार्वजनिक बदनाम गर्ने सामाजिक सञ्जाल कम्पनीलाई रकम दिइएको खुलेको थियो।
पूर्वप्रशिक्षक ग्वार्डिओलाले आइतबार हुने अध्यक्षको निर्वाचनपछि बार्सिलोनामा राम्रो सयम आउने विश्वास लिएका छन्। आइतबार हुने अध्यक्ष पदको निर्वाचनका लागि जोन लार्पोटा, भिक्टर फन्ट र एन्टोनी फ्रेईजाले उम्मेदवारी घोषणा गरेका छन्।
“क्लबको असहज परिस्थितिबारे जानकार छु। आशा छ यो अवस्था चाँडै समाप्त हुनेछ। दोषी प्रमाणित नभएसम्म बार्टोमेउ निर्दोष नै छन्,” मंगलबार उल्भरह्याम्पटनविरुद्धको खेलपछि सिटीको प्रशिक्षक ग्वार्डिओलाले भने, “अर्को साता हामीले नयाँ अध्यक्ष पाउनेछौं। उनीहरूको चुनावी अभियानका लागि शुभकामना। सबैलाई थाहा छ, अहिले विविध कारणले गर्दा विशेषगरी बार्सिलोना संकटबाट गुज्रिएको छ। सबैको विश्वास छ मतदाताले सही व्यक्तिलाई चुन्नेछन्।”
बार्सिलोनाका पूर्वखेलाडी ग्वार्डिओलाले थपे, “मेरो लागि भावनात्मक रूपमा बार्सिलोना विश्वकै सर्वश्रेष्ठ क्लब हो। छोटो समयमै बार्सिलोना बलियो भएर आउनेमा विश्वस्त छु। नयाँ अध्यक्षले उच्च मनोबलका साथ काम गर्नेछन्।”
" /> काठमाडौं। म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले नयाँ अध्यक्षको चयनपछि पूर्वक्लब बार्सिलोनाको संकट टर्ने विश्वास व्यक्त गरेका छन्।चुनाव नजिकिँदै गर्दा प्रहरीले क्लबको मुख्यालममा छापा मारेर बार्सिलोनाका पूर्वअध्यक्ष जोसेप मारिया बर्टोमेउलाई पक्राउ गरेको छ। उनीमाथि भ्रष्ट्राचार र पदको दुरूपयोग गरेको आरोप लागेको छ।

">