काठमाडौं। शहीद स्मारक ‘बी’ डिभिजन लिगमा आज भएको खेलमा बाँसबारी क्लबले पुल्चोक स्पोर्टस क्लबलाई २–० ले पराजित गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालको मैदानमा भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो।
बाँसबारीका लागि दुवै गोल निशान्त सुनारले गरेका थिए। उनले खेलको ४७ औं र ६८ औं मिनेटमा गोल गरेका हुुन्।
प्रतियोगितामा बाँसबारीको यो छैटौं जित हो। आठ खेलबाट १८ अंक जोडेको बाँसबारी लिगको तेस्रो स्थानमा रहेको छ। एक खेलमा पराजित भएको बाँसबारीले एक खेल बराबरी खेलेको थियो।
लिगमा पुल्चोकले हालसम्म जित निकाल्न सकेको छैन। आठ खेलबाट दुई अंक जोडेको पुल्चोक लिगको पुछारमा रहेको छ। पुल्चोकले दुई खेल बराबरी खेलेको थियो।
" /> काठमाडौं। शहीद स्मारक ‘बी’ डिभिजन लिगमा आज भएको खेलमा बाँसबारी क्लबले पुल्चोक स्पोर्टस क्लबलाई २–० ले पराजित गरेको छ।ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालको मैदानमा भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो।

">