काठमाडौं। दोर्जे तामाङको पेनाल्टी गोलमा सातदोबाटो युथ क्लबले आज शहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्रीभगवती क्लबलाई १-० ले पराजित गरेको छ। यससँगै जारी लिगमा सातदोबाटोले अपराजित यात्रा कायमै राखेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा दोर्जे २४ औं मिनेटमा प्राप्त पेनाल्टी अवसरलाई गोलमा परिणत गरेका हुन्। दोर्जेको त्यही सातदोबाटोलाई तीन अंक जोड्न पर्याप्त बन्यो।
जितसँगै सातदोबाटोले दोस्रो स्थानमा रहेको खुमलटारलाई तीन अंकले पछि पारेको छ। सातदोबाटोले आठमध्ये सात खेलमा जित निकालेको छ। एक खेल बराबरी खेलेको सातदोबाटोले कुनै खेल हारेको छैन।
सातदोबोटोको २२ अंक भएको छ। दोस्रो स्थानमा रहेको खुमलटारले समान खेलबाट १९ अंक जोडेको छ।
श्री भगवतीको लिगमा यो पाँचौं हार हो। नवौं स्थानमा रहेको श्री भगवतीले आठ खेलबाट ६ अंक जोडेको छ। श्रीभगवतीले एक खेल जित्दा दुई खेल बराबरी खेलेको छ।
" /> काठमाडौं। दोर्जे तामाङको पेनाल्टी गोलमा सातदोबाटो युथ क्लबले आज शहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्रीभगवती क्लबलाई १-० ले पराजित गरेको छ। यससँगै जारी लिगमा सातदोबाटोले अपराजित यात्रा कायमै राखेको छ।ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा दोर्जे २४ औं मिनेटमा प्राप्त पेनाल्टी अवसरलाई गोलमा परिणत गरेका हुन्। दोर्जेको त्यही सातदोबाटोलाई तीन अंक जोड्न पर्याप्त बन्यो।

">