काठमाडौं। म्यानचेस्टर युनाइटेडका पूर्व तीन खेलाडीले गोल गरेको दिन इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा जेनोवालाई ३–० ले पराजित गरेको छ।
जितसँगै इन्टरले शहरी प्रतिद्वन्द्वी एसी मिलानसँग चार अंकको दुरी कायम राखेको छ।
रोमेलु लुकाकुको गोलबाट इन्टरले ३२ सेकेन्डमै अग्रता लिएको थियो। लुकाकुको जारी सिजन लिगमा यो १८औं गोल हो। ६९औं मिनेटमा लुकाकुकै पासमा माटेयो डरमैनले अग्रता दोब्बर बनाए।
खेल सकिन ११ मिनेट बाँकी हुँदा वैकल्पिक खेलाडी एलेक्स सान्चेजले अर्को गोल थपेपछि इन्टरको जित पक्का भएको थियो। सान्चेजले मैदान छिरेको तेस्रो मिनेटमै गोल गरेका थिए।
जितपछि इन्टरले २४ खेलबाट ५६ अंक जोडेको छ। दोस्रो स्थानमा रहको एसी मिलानले पनि समान खेलबाट ५२ अंक जोडेको छ।
मिलानले गएराति नै पाँचौं स्थानको एएस रोमालाई २–१ ले पराजित गरेको थियो। मिलानले फ्रांक केसिईको पेनाल्टी गोलबाट ४३औं मिनेटमा अग्रता लिएको थियो।
५०औं मिनेटमा जोर्डन भेरेटआउटले बराबरी गोल फर्काए। त्यसको आठ मिनेटपछि एन्टे रेबिकले गरेको गोल मिलानको जितमा निर्णायक बन्यो।
पराजित रोमाले २४ खेलबाट ४४ अंक जोडेको छ। जुन चौथो स्थानको एटलान्टाभन्दा दुई अंकले पछाडि हो भने छैटौं स्थानको नेपोलीभन्दा एक अंकले अगाडि हो।
चौथो स्थानको एटलान्टाले गएराति साम्पडोरियालाई २–० ले पराजित गरेको थियो। नेपोलीले भने बेनेभेन्टोलाई समान २–० को नतिजामा हराएको थियो।