काठमाडौं। इङ्लिस प्रिमियर लिग क्यालेन्डरकै एक रोमाञ्चक खेलमा आज म्यानचेस्टर युनाइटेड र चेल्सीले प्रतिस्पर्धा गर्दै छन्।
चेल्सी अहिले लिगको पाँचौ स्थानमा छ। जुन चौथो स्थानको वेष्ट ह्याम युनाइटेडभन्दा चेल्सी दुई अंकले पछाडि हो।
तथापि, वेष्ट ह्यामले एक खेल बढी खेलेको छ। गत राति वेष्ट ह्याम शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग पराजित भएको थियो। युनाइटेड भने दोस्रो स्थानमा छ। युनाइटेड शीर्ष क्लब सिटीभन्दा १३ अंकले पछाडि छ।
नयाँ प्रशिक्षक थोमस टुचेलको प्रशिक्षणमा चेल्सी उत्कृष्ट लयमा छ। पीएसजीका पूर्वप्रशिक्षक टुचेलको प्रशिक्षणमा चेल्सी आठ खेलसम्म अपराजित छ। चेल्सी छ मा जित निकाल्दा दुई खेल बराबरी खेलेको छ।
टुचेलको प्रशिक्षणमा १४ अंक जोडेपछि चेल्सी लिगको पाँचौ स्थानमा उक्लिन सफल भएको हो। अहिले चेल्सी चौथो स्थानको वेस्ट ह्यामभन्दा दुई र दोस्रो स्थानको युनाइटेडभन्दा छ अंकले पछाडि छ।
टुचेलले फ्रांक लाम्पार्डको स्थान लिएका हुन्। लाम्पार्डको प्रशिक्षणमा चेल्सी लिगमा शीर्ष चारको लडाइँमा निकै पछि परेको थियो। तर, टुचेलको प्रशिक्षणमा १४ अंक जोडेपछि चेल्सी लिगको पाँचौ स्थानमा उक्लिन सफल भएको हो। अहिले चेल्सी चौथो स्थानको वेस्ट ह्यामभन्दा दुई र दोस्रो स्थानको युनाइटेडभन्दा छ अंकले पछाडि छ।
प्रिमियर लिगमा चेल्सीले गत साता साउथह्याम्टनसँग १-१ को बराबरी खेलेको थियो। तर, च्याम्पियन्स लिगमा स्पेनिस ला लिगाको शीर्ष क्लब एट्लेटिको माड्रिडलाई पराजित गरेपछि चेल्सीको मनोबल उच्च भएको छ। उक्त जितसँगै चेल्सीले च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।
एट्लेटिकोविरुद्ध दोस्रो लेग खेल्नुअघि चेल्सीको प्रिमियर लिगमा चार खेल खेल्नेछ। चारै खेलमा चेल्सीले बलियो प्रतिद्वन्द्वीविरुद्ध खेल्नुपर्ने छ। आज युनाइटेडविरुद्ध खेलेपछि चेल्सीले लिभरपुल, एभर्टन र लिड्सविरुद्ध खेल्नेछ।
चेल्सीलाई लिगको शीर्ष चारमा रहन पनि अबको चार खेल निर्णायक बन्न सक्छ। नयाँ प्रशिक्षक आएपछि चेल्सीको रक्षापंक्ति निकै सशक्त भएको छ। तर, अग्रपंक्ति अझै मजबुत हुन सकेको छैन।
वास्तवमा २०१७ यता चेल्सीले प्रिमियर लिगमा युनाइटेडलाई पराजित गर्न सकेको छैन। तर, सिजनको सुरूमै सम्पन्न खेलमा चेल्सी बराबरीमा रोकिएको थियो। आज युनाइटेड विजयी नतिजा निकाल्दै सिटीसँगको दूरी घटाउन चाहन्छ भने चेल्सी शीर्ष चारमा स्थान बनाउन चाहन्छ।
चेल्सीले गएको तीन वर्षमा पहिलोपटक घरेलु मैदानमा चार खेलसम्म गोल खाएको छैन।

युनाइटेडले बिहीबार युरोपा लिगको दोस्रो लेगमा स्पेनिस ला लिगाको क्लब रियल सोसिडाडसँग गोलरहित बराबरी खेलेको थियो। तथापि समग्रमा ४-० को नतिजा निकाल्दै युनाइटेड युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ। युरोपा लिगमा युनाइटेडले अब एसी मिलानविरुद्ध खेल्नेछ।
प्रिमियर लिगको उपाधि होडमा युनाइटेड सहरी प्रतिद्वन्द्वी सिटीभन्दा निकै पछि परिसकेको छ। तथापि, युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले सिटीलाई सजिलै उपाधि जित्न नदिने बताएका छन्।
चेल्सीमा अनुभवी सेन्टर ब्याक थियागो सिल्भा उपलब्ध हुने छैनन्। त्यसको फाइदा युनाइटेडलाई हुनसक्छ। तर, युनाइटेड आफैं पनि खेलाडीको चोटबाट पीडित छ। युनाइटेडका पउल पोग्बा, फिल जोन्स र हुँवा माटा उपलब्ध हुनेमा शंका छ।
पछिल्ला खेलमा उतारचढावपूर्ण नतिजा निकालेपछि युनाइटेडलाई शीर्ष चारमा रहन पनि चुनौतीपूर्ण बन्दै गएको छ। युनाइटेड अहिले पाँचौ स्थानको चेल्सीभन्दा छ अंकले मात्र अगाडि छ।
युनाइटेडले लिगमा पछिल्लो छ मध्ये दुई खेलमा मात्रै जित निकाल्न सकेको छ। युनाइटेडले तीन खेलमा बराबरी खेलेको छ भने एक खेलमा पराजित भएको छ। युनाइटेडलाई सिटीले १३ अंकले पछाडि पारेको छ।
त्यसैले पनि २० पटकको लिग विजेता युनाइटेडलाई चेल्सीविरुद्धको खेल निकै महत्त्वपूर्ण छ। युनाइटेडले युरोपा लिगमा मिलानविरुद्ध खेल्नुअघि प्रिमियर लिगमा चेल्सी, क्रिस्टल प्यालेस र सिटीसँग प्रतिस्पर्धा गर्नेछ।
युनाइटेड एफए कपको पनि उपाधि होडमा छ। एफए कपको क्वार्टरफाइनलमा युनाइटेडले लेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दै छ।
प्रिमियर लिगमा जारी सिजन धेरै गोल गर्नेमा युनाइटेड दोस्रो क्लब हो। युनाइटेडले जारी सिजन ५३ गोल गरिसकेको छ। सिटीमाथि दबाब कायम गर्न पनि युनाइटेडका लागि चेल्सीविरुद्ध तीन अंक जोड्नुपर्ने दबाब छ।

चेल्सीविरुद्ध पछिल्लो पाँच खेलमा युनाइटेड तीन खेलमा विजयी भएको छ। एक खेल बराबरी भएको छ भने चेल्सीले एक खेल जितेको छ।