काठमाडौं। पत्रकार कमल खत्रीले युवा तथा खेलकुद मन्त्रालयबाट खेलकुद पत्रकारिता पुरस्कार पाएका छन्।
मन्त्रालयले आइतबार खत्रीसहित नौ जना खेल पत्रकारलाई सम्मान गरेको हो। सम्मानित भएकामध्ये बाँकेका खत्रीले ५० हजार रूपैयाँ पुरस्कार प्राप्त गरे।
त्यस्तै खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट मुना कार्की सम्मानित भइन्।
खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदेशगततर्फ प्रदेश १ बाट हिमाल खरेल, प्रदेश २ बाट रन्जनकुमार भण्डारी, बागमती प्रदेशबाट अनिल मल्ल ठकुरी र लुम्बिनी प्रदेशबाट माधवप्रसाद अर्याल सम्मानित भए।
लुम्बिनी प्रदेशबाट मुक्तिबाबु रेग्मी, कर्णाली प्रदेशबाट भूपेश उपाध्याय र सुदूरपश्चिमबाट सीताराम ओझा सम्मानित भए। प्रदेशगततर्फका पुरस्कृत सबैले २५-२५ हजार रूपैयाँ प्राप्त गरे।
युवा तथा खेलकुदमन्त्री दावा लामाले पुरस्कृत पत्रकारहरूलाई सम्मान गरेका थिए।
" /> काठमाडौं। पत्रकार कमल खत्रीले युवा तथा खेलकुद मन्त्रालयबाट खेलकुद पत्रकारिता पुरस्कार पाएका छन्।मन्त्रालयले आइतबार खत्रीसहित नौ जना खेल पत्रकारलाई सम्मान गरेको हो। सम्मानित भएकामध्ये बाँकेका खत्रीले ५० हजार रूपैयाँ पुरस्कार प्राप्त गरे।

">