काठमाडौं। क्रिष्टियानो रोनाल्डोले गोल गरे पनि युभेन्टसले हेलास भेरोनासँग अंक बाँडेको छ। इटालियन सिरी ‘ए’ मा युभेन्टस गएराति भेरोनासँग १–१ को बराबरीमा रोकिएको हो।
आन्द्रे पिर्लोको युभेन्टसले ४९औं मिनेटमा रोनाल्डोको गोलबाट अग्रता लिएका थिए। रोनाल्डोले फेडरिको चिएसाको पासलाई पोष्टको दिशा दिएका थिए । जारी लिगमा रोनाल्डोको यो १९औं गोल हो।
तर युभेन्टसले अग्रतालाई जोगाइराख्न सकेन। ७७औं मिनेटमा भेरोनाका एन्टोनिन बाराकले बराबरी गोल फर्र्काए। बाराकले डार्को लाजोभिकको क्रसलाई हेडमार्फत पोष्टको दिशा दिएका हुन्।
बराबरीपछि युभेन्टसले शीर्ष क्लब इन्टर मिलानसँगको दुरी घटाउने मौका गुमाएको छ। २३ खेलबाट ४६ अंक जोडेको युभेन्टस तेस्रो स्थानमा छ।
समान खेलबाट ५३ अंक जोडेको इन्टर शीर्ष स्थानमा छ। ४९ अंकका साथ एसी मिलान दोस्रो स्थानमा छ।
इटालियन सिरी मा ११औं स्थानको बालोग्नाले छैटौं स्थानको लाजियोलाई २–० ले पराजित गर्यो। लाजियोले २४ खेलबाट ४३ अंक जोडेको छ। समान खेलबाट बोलोग्नाले २८ अंक जोडेको छ।
" /> काठमाडौं। क्रिष्टियानो रोनाल्डोले गोल गरे पनि युभेन्टसले हेलास भेरोनासँग अंक बाँडेको छ। इटालियन सिरी ‘ए’ मा युभेन्टस गएराति भेरोनासँग १–१ को बराबरीमा रोकिएको हो।आन्द्रे पिर्लोको युभेन्टसले ४९औं मिनेटमा रोनाल्डोको गोलबाट अग्रता लिएका थिए। रोनाल्डोले फेडरिको चिएसाको पासलाई पोष्टको दिशा दिएका थिए । जारी लिगमा रोनाल्डोको यो १९औं गोल हो।

">