काठमाडौं। प्रशिक्षक राजेश शाहीले रातो कार्डको सामना गरेको दिन खुमलटार युथ क्लबले आज सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबलाई ३-२ को नतिजा सुम्पिएको छ।
दोस्रो हाफमा सात मिनेटको समय थप गरिएको थियो। इन्जुरी समयमा प्रशिक्षक शाहीले रेफ्रीसँग विवाद गरेका थिए। त्यसपछि रेफ्री कविन व्यञ्जनकारले अन्तिम मिनेटमा प्रशिक्षक शाहीलाई रातो कार्ड देखाएका थिए।
जितसँगै लिगमा अपराजित सातदोबाटोले सात खेलबाट १९ अंक जोडेको छ। लिगका सातमध्ये छ मा जित र एक खेल बराबरी खेलेको सातदोबाटोले दोस्रो स्थानको खुमलटारलाई तीन अंकले पछाडि पारेको छ। लिगमा खुमलटारको यो पहिलो हार हो।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा सातदोबाटोले ११औं मिनेटमा दोर्जे तामाङको गोलबाट अग्रता लिएको थियो। २६औं मिनेटमा खुमलटारका सविन केसीले बराबरी गोल फर्काए।

४८औं मिनेटमा अदिल हामिदको गोलबाट खुमलटारले अग्रता बनायो। तर खुमलटारको अग्रता लामो समय टिक्न सकेन। ६१औं मिनेटमा सातदोबाटोका वैकल्पिक खेलाडी आशिष राईले बराबरी गोल फर्काए। आशिष ४६औं मिनेटमा आकाश राईको स्थानमा मैदान छिरेका थिए।
भुवन बस्नेतले ७४औं मिनेटमा गरेको गोल सातदोबाटोको जितमा निर्णायक बन्यो। जितसँगै सातदोबाटोले महत्त्वपूर्ण तीन अंक जोडेको छ।
" /> काठमाडौं। प्रशिक्षक राजेश शाहीले रातो कार्डको सामना गरेको दिन खुमलटार युथ क्लबले आज सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबलाई ३-२ को नतिजा सुम्पिएको छ।दोस्रो हाफमा सात मिनेटको समय थप गरिएको थियो। इन्जुरी समयमा प्रशिक्षक शाहीले रेफ्रीसँग विवाद गरेका थिए। त्यसपछि रेफ्री कविन व्यञ्जनकारले अन्तिम मिनेटमा प्रशिक्षक शाहीलाई रातो कार्ड देखाएका थिए।

">