काठमाडौं। इङ्लिस प्रिमियर लिगका क्लब म्यानचेस्टर युनाइटेड र आर्सनलले युरोपा लिगको अन्तिम–१६ मा स्थान पक्का गर्दा लेस्टर सिटी भने बाहिरिएको छ।
युनाइटेडले स्पेनिस ला लिगाको क्लब रियाल सोसिडाडसँग गएराति गोलरहित बराबरी खेले पनि समग्रमा ४–० को नतिजा निकाल्दै अन्तिम १६ मा स्थान बनाएको हो।
आर्सनलले पोर्चुगलको बेनफिकालाई ३–२ ले पराजित गर्दै समग्रमा ४–३ को नतिजा निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो।
प्रिमियर लिगको तेस्रो स्थानमा रहेको लेस्टर सिटी भने चेक गणतन्त्रको क्लब स्लाभिया प्रागविरुद्ध घरेलु मैदानमा २–० ले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको छ।
शोला शोरेटायर म्यानचेस्टर युनाइटेडबाट युरोपा लिग खेल्ने सबभन्दा कान्छो खेलाडीको बने। न्युक्यासलमा जन्मिएका शोरेटायरले १७ वर्ष २३ दिनको उमेरमा युरोपा लिग खेलेका हुन्। उनले नर्मन वाइटसाइडको १७ वर्ष १०८ दिनको कीर्तिमान तोडेका हुन्।
जनवरीमा अनुबन्ध भएका अमद डियालोलाई पनि युनाइटेडले गएराति ओल्ड ट्राफोर्डमा डेब्यू गराएको थियो। ब्रुनो फर्नान्डेजले सुरुमै हानेको प्रहार क्रसबारमा लागेर फकियो।
त्यसअघि पाहुना टोलीका कप्तान माइकल ओएर्जाबलले पनि पेनाल्टीमा गोल गर्ने राम्रो अवसर सदुयोग गर्न सकेनन्। उनको प्रहार अकाशिएको थियो।
प्रिमियर लिगमा संघर्ष गरिरहेको आर्सनलले बेनफिकालाई ३–२ ले पराजित गर्यो। आर्सनलले २१औं मिनेटमा पिइरे औबमेयाङको गोलबाट अग्रता लिएको थियो। बेनफिकाका डिओगो गोन्कालभेसले ४३औं मिनेटमा बराबरी गोल फर्काए।
६१औं मिनेटमा राफा सिल्भाको गोलबाट बेनफिकाले अग्रता लियो। ६७ औं मिनेटमा आर्सनलका किरन टिएर्नीले बराबरी गोल फर्काए। ८७औं मिनेटमा औबमेयाङले अर्को गोल थपेपछि आर्सनलले ३–२ को विजय हासिल गरेको हो। यससँगै आर्सनलले समग्रमा ४–३ को नतिजा निकाल्दै युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउन सफल भयो।
पहिलो लेगमा गोलरहित बराबरी खेलेको लेस्टर सिटीले घरेलु मैदानमा २–० को नतिजा सुम्पिएपछि प्रतियोगिताबाट बाहिरिएको हो।
गएराति किंग पावर रंगशालामा पाहुना टोलीले ४९औं मिनेटमा लुकास प्रोभोडको गोलबाट अग्रता लिएको थियो। ७९औं मिनेटमा अबदुल्लाह सिमाले अर्को गोल थपेपछि लेस्टर निरीह बनेको हो।
अन्तिम १६ को ‘ड्र’ आज सार्वजनिक हुनेछ।
प्रिमियर लिगको अर्को क्लब टोटेनह्यामले पनि यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेको छ।