काठमाडौं। काठमाडौंको दशरथ रंगशालामा फाल्गुन २९ गते गोल्डेन एथलेटिक्स मिट-२०२१ हुने भएको छ।
काठमाडौ, ललितपुर र भक्तपुर जिल्ला एथलेटिक्स संघको संयुक्त आयोजनामा तथा प्रो-स्पोर्ट्स प्रा.लि.को संयोजकत्वमा हुने प्रतियोगितामा महिला र पुरुष सिनियरतर्फ पाँच इभेन्ट हुनेछ। जुनियरतर्फ तीन इभेन्ट हुनेछन्।
सिनियरतर्फ १००, २००, ४००, ८०० र तीन हजार मिटर दौड हुनेछ। जुनियरतर्फ १००, ४०० र ८०० मिटर दौड गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा पहिलो हुनेले सात हजार, दोस्रो हुनेले पाँच हजार र तेस्रो हुनेले तीन हजार नगद पुरस्कार जित्नेछन्।
सिनियर र जुनियर दुवै विधामा उत्कृष्ट नतिजा प्रदर्शन गर्ने महिला र पुरुष खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ।
यस प्रतियोगितामा विभागीय टिमका साथै विभिन्न निकायका खेलाडीहरूले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।
" /> काठमाडौं। काठमाडौंको दशरथ रंगशालामा फाल्गुन २९ गते गोल्डेन एथलेटिक्स मिट-२०२१ हुने भएको छ।काठमाडौ, ललितपुर र भक्तपुर जिल्ला एथलेटिक्स संघको संयुक्त आयोजनामा तथा प्रो-स्पोर्ट्स प्रा.लि.को संयोजकत्वमा हुने प्रतियोगितामा महिला र पुरुष सिनियरतर्फ पाँच इभेन्ट हुनेछ। जुनियरतर्फ तीन इभेन्ट हुनेछन्।

">