काठमाडौं। पछिल्ला केही वर्षयता च्याम्पियन्स लिगमा बार्सिलोनाको प्रदर्शन निरन्तर खस्कँदो छ। पछिल्लोपटक सन् २०१५ मा युरोपियन च्याम्पियन बनेको टोलीले त्यसपछि प्रतियोगिताका पाँच संस्करणमा एक पटक मात्र सेमिफाइनलसम्मको यात्रा तय गर्न सफल भएको छ।
च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा आफ्नै मैदान क्याम्प नाउमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग पराजित भएपछि बार्सिलोनामा समग्र परिर्वतन आवश्यक रहेको भन्दै बहस सुरू भइसकेको छ। गएको हप्ता पीएसजीविरूद्ध क्याटालानको टोलीले ४-१ को निराशाजनक हार बेहोरेको थियो।
बार्सिलोनामा अचेल अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीलाई लिएर निकै खिचातानी भइरहेको छ। गएको सिजनबाट मेसी बार्सिलोना छाड्ने मनसायमा रहेको भन्ने खबर सार्वजनिक भएपछि क्लबमा निकै उथलपुथल मच्चिएको थियो। मेसीकै कारण क्लबका तत्कालीन अध्यक्ष जोसेप मारिया बार्टोमेउले राजीनामा गर्नुपरेको थियो।
बार्टोमेउले राजीनामा गरेसँगै बार्सिलोनामा नयाँ नेतृत्व चयनका लागि आउँदो मार्च ७ मा चुनाव हुँदै छ। नयाँ नेतृत्वका लागि तीन जनाको उम्मेदवारी परेको छ। चुनावका लागि तिनै जना उम्मेदवारका रणनीति भने एकै खालको देखिन्छ। तर, उनीहरूको व्यक्तिगत आचरण भने निकै फरक छ।
हुवाँ लापोर्टा
सन् २००३ मा बार्सिलोनाको अध्यक्ष भइसकेका उनी क्लब समर्थकका एक प्रिय उम्मेदवार हुन्। लापोर्टाले चुनाव जितेपछि क्लबमा निक्कै परिवर्तन ल्याएका थिए। उनको कार्यकालमा बार्सिलोनाले दुईपटक च्याम्पियन्स लिगसहित एकै वर्षमा छवटा उपाधि जितेको थियो।

ठूला मिडिया संगठन र पैसाको प्रभावबाट स्वतन्त्र रहेका उनले क्लबलाई माथि उठाउन गरेका कामलाई अकाट्य मानिन्छ। लापोर्टाको चुनावी अभियानमा यसपालि भने कुनै नयाँ खेलाडी वा अधिकारीको नाम जोडिएको छैन। बार्सिलोनालाई पुरानो अवस्थामा फर्काउनका लागि लापोर्टाले आफ्नो नेतृत्व अत्यावश्यक रहेको बताउँदै आएका छन्।
भिक्टर फन्ट
सन् २०१८ मै बार्सिलोनाको अध्यक्ष बन्ने सपना सार्वजनिक गरिसकेका भिक्टर फन्ट एक सफल व्यापारी हुन्। व्यक्तित्वमा हुवाँ लापोर्टाभन्दा पछि रहेको फन्टले अध्यक्ष पदमा निर्वाचित भए जाभी हर्नान्डेजलाई प्रशिक्षकको रूपमा ल्याउने घोषणा गरेका छन्।

उनले त्यस्तै घोषणा जोर्डी क्रुफको बारेमा पनि गरेका थिए। तर, हालसम्म जाभी र क्रुफ दुवैले यसलाई पुष्टि गरेका छैनन्। यद्यपि, बार्सिलोनाका पूर्वस्पेनिस मिडफिल्डर जाभीले भने क्लबबाट प्रस्ताव आए आफू तयार रहेको संकेत गरेका छन्।
टोनी फ्रेइक्स
फ्रेइक्सले यसअघि हुवाँ लापोर्टाको कार्यकालमा दुई वर्ष निर्देशकका रूपमा काम गरेका थिए। उनी ‘बार्सिलोनामा विगतमा के भयो’ भन्ने देखाउँदै त्यसमा परिवर्तनको खाँचो रहेको बताइरहेका छन्।
फ्रेइक्स हाल बार्सिलोनामा रहेको आर्थिक मन्दीलाई कम गर्न आफूसँग योजना रहेको र त्यसमा सफलता पाउने भन्दै चुनावी अभियान सञ्चालन गर्दै आएका छन्।

क्लबभन्दा माथि कोही नभएको विचार राख्ने फ्रेइक्सले आवश्यकता अनुसार खेलाडी बेच्न नसकेकै कारण क्लबले मन्दीको सामना गर्नुपरेको विचार राख्छन्। निकै राम्रो व्यक्तित्व मानिएका फ्रेइक्सलाई मिडियाको एक महत्त्वपूर्ण पक्षबाट सहयोग प्राप्त छ।
मेसीको सन्दर्भमा कसको धारणा कस्तो?
अर्जेन्टिनी स्टारलाई क्लबबाट बाहिर जान दिने पक्षमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका तीन जना नै छैनन्। छ पटक ‘बालोन डी अर’ जितेका मेसी पछिल्लो समय क्लब छाड्ने मनसायमा रहेको खबरहरूले निक्कै चर्चा पाएका थिए। अझ गत सिजन च्याम्पियन्स लिगको अन्तिम आठमा जर्मन क्लब बार्यन म्युनिखसँग पराजित भएपछि उनले क्लब छाड्न भरमग्दुर प्रयास गरेका थिए। तर त्यसका लागि लामो समयदेखि खेल्दै आएको आफ्नै क्लबविरूद्ध अदालत जानुपर्ने भएपछि मेसी अन्यत्र जाने निर्णयबाट पछि हटेका थिए।

लापोर्टा
“हामी मेसीलाई आर्थिक रूपमा निक्कै आकर्षक प्रस्ताव गर्नेछौं। मेसी पैसाको बारेमा मात्रै सोच्ने खेलाडी होइन भन्ने मलाई थाहा छ। बार्सिलोनाले उनलाई प्रतिस्पर्धात्मक खेल खेल्ने अवसर प्रदान गर्नेछ। यहाँबाट फेरि च्याम्पियन्स लिगको उपाधि जित्ने सम्भावना रहनेछ। मेसीलाई बार्सिलोनामा राखिरहने विषय मेरो प्राथमिकतामा सबैभन्दा माथि छ। हामी मायाको अर्को अध्याय सुरू गर्न सम्बन्ध विस्तार गर्न सक्छौं।”
फन्ट
“मेसीलाई बार्सिलोनामै राख्नु हाम्रो मुख्य काम हो भन्ने मैले बुझेको छु। विश्वकै सर्वश्रेष्ठ खेलाडी हामीसँग रहनु एउटा सुन्दर उपहार हो। त्यसैले उनलाई बार्सिलोनामै राख्न सक्दो प्रयास गर्नेछाैं। मेसीले सधैं बार्सिलोनाबाटै सन्यास लिने चाहना राख्ने गरेका छन्। यसका लागि हामीले के गर्नुपर्छ भन्ने पनि उनले बताउँदै आएका छन्। त्यो एउटा प्रतिस्पर्धात्मक योजना हो। त्यसका लागि हामी तयार छौं।”
फ्रेइक्स
“मेसी फुटबल इतिहासकै एक सर्वश्रेष्ठ खेलाडी हुन्। उनले आफ्नो पूरा करिअर हामीसँगै बिताए भने त्यो हाम्रो लागि ठूलो गौरवको कुरा हुनेछ। तर, यसै सिजनको अन्त्यमा उनीसँगको सम्झौता सकिँदै छ। त्यसैले हामीले उनलाई आकर्षक प्रस्ताव गर्नु जरूरी छ। हामी उनलाई बार्सिलोनामै बस्नका लागि प्रस्ताव गर्नेछौं। मेसीले क्लबको हालको अवस्था बुझ्नेछन् भन्ने विश्वास छ। त्यसैले पनि उनीसँग नयाँ सम्झौता गर्न त्यति कठिन हुने छैन भन्ने विश्वास छ।”
" /> काठमाडौं। पछिल्ला केही वर्षयता च्याम्पियन्स लिगमा बार्सिलोनाको प्रदर्शन निरन्तर खस्कँदो छ। पछिल्लोपटक सन् २०१५ मा युरोपियन च्याम्पियन बनेको टोलीले त्यसपछि प्रतियोगिताका पाँच संस्करणमा एक पटक मात्र सेमिफाइनलसम्मको यात्रा तय गर्न सफल भएको छ।च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा आफ्नै मैदान क्याम्प नाउमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग पराजित भएपछि बार्सिलोनामा समग्र परिर्वतन आवश्यक रहेको भन्दै बहस सुरू भइसकेको छ। गएको हप्ता पीएसजीविरूद्ध क्याटालानको टोलीले ४-१ को निराशाजनक हार बेहोरेको थियो।

">