काठमाडौं। इङ्ल्यान्डविरुद्धको तेस्रो टेष्टमा भारतले पहिलो इनिङमा ३३ रनको अग्रता लिएको छ। इङ्ल्यान्ड कप्तान जो रुटले पाँच विकेट लिएपछि भारतले पहिलो इनिङमा १४५ रन जोड्दा सबै विकेट गुमाएको हो।
भारतले ९९/३ को स्थितिबाट दोस्रो दिनको सुरुआत गरेको थियो। अहमदावादको मोतेरास्थित नरेन्द्र मोदी रंगशालामा दोस्रो दिन थाल्दा भारतका ओपनर रोहित शर्मा ५७ तथा अजिन्क्या रहाने एकको स्थितिमा थिए।
दोस्रो दिन कप्तान रुटले पाँच तथा ज्याक लीचले दुई विकेट लिएपछि भारतको तल्लो क्रमका ब्याट्सम्यानले खेल्न सकेनन्।
६.२ ओभर बलिङ गरेका रुटले आठ रन दिएर पाँच विकेट लिए। रुटले टेष्ट क्रिकेटमा पाँच विकेट लिएको यो पहिलो हो। उनको करियरमै यो उत्कृष्ट बलिङ हो।
बिहीबार रुटलाई लीचले दुई विकेट लिएर साथ दिए। लीचले पहिलो दिन पनि दुई विकेट लिएका थिए। लीचले ५४ रन दिएर चार विकेट लिए। जोफ्रा आर्चरको नाममा एक विकेट रह्यो।
भारतका रोहितले अघिल्लो दिनको स्कोरमा थप नौ रन जोडेर पवेलियन फर्किए। रहानेले सात रन जोेडे। त्यसबाहेक रविचन्द्र आश्विनले १७ र इशान्त शर्माले अविजित १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
भारतका आश्विनले छ तथा अक्सर पटेलले तीन विकेट लिएपछि इङ्ल्यान्डले पहिलो इनिङमा ११२ रन बनाउँदा सबै विकेट गुमाएको थियो।
" /> काठमाडौं। इङ्ल्यान्डविरुद्धको तेस्रो टेष्टमा भारतले पहिलो इनिङमा ३३ रनको अग्रता लिएको छ। इङ्ल्यान्ड कप्तान जो रुटले पाँच विकेट लिएपछि भारतले पहिलो इनिङमा १४५ रन जोड्दा सबै विकेट गुमाएको हो।भारतले ९९/३ को स्थितिबाट दोस्रो दिनको सुरुआत गरेको थियो। अहमदावादको मोतेरास्थित नरेन्द्र मोदी रंगशालामा दोस्रो दिन थाल्दा भारतका ओपनर रोहित शर्मा ५७ तथा अजिन्क्या रहाने एकको स्थितिमा थिए।

">