एजेन्सी। अस्ट्रेलियाविरुद्धको टी-२० सिरिजको दोस्रो खेलमा न्युजिल्यान्ड विजयी भएको छ। डुन्डिनमा भएको खेलमा घरेलु टोली न्युजिल्यान्डले चार रनको रोमाञ्चक जित निकालेको हो।
न्युजिल्यान्डको जितमा मार्टिन गुप्टिलले ९७ रनको उत्कृष्ट पारी खेले। गुप्टिलले ५० बलमा ९७ रन बनाएका हुन। न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ५३ जिम्मी निसमले ४५ रन बनाएका थिए।
टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभर सात विकेट गुमाई दुई सय २० रनको विशाल योगफल तयार गरेको थियो।
दुई सय २० रनको लक्ष्य पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाई दुई सय १५ मात्रै बनाउन सक्यो। अस्ट्रेलियाका लागि मार्कस स्टोयनिसले ७८ रनको पारी खेले पनि टिमको हार टार्न सकेनन्।
रोमाञ्चक खेलमा न्युजिल्यान्डका मिचेल स्यान्टनरले चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३१ रन खर्चिंदै चार विकेट हात पारेका हुन। त्यस्तै जिम्मी निसमले दुई विकेट हात पार्दा ईश सोधिले एक विकेट लिए।
जितसँगै न्युजिल्यान्ड पाँच टी-२० सिरिजमा २-० को अग्रता बनाएको छ।
" /> एजेन्सी। अस्ट्रेलियाविरुद्धको टी-२० सिरिजको दोस्रो खेलमा न्युजिल्यान्ड विजयी भएको छ। डुन्डिनमा भएको खेलमा घरेलु टोली न्युजिल्यान्डले चार रनको रोमाञ्चक जित निकालेको हो।न्युजिल्यान्डको जितमा मार्टिन गुप्टिलले ९७ रनको उत्कृष्ट पारी खेले। गुप्टिलले ५० बलमा ९७ रन बनाएका हुन। न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ५३ जिम्मी निसमले ४५ रन बनाएका थिए।

">