बार्सिलोनाको सहज जितमा मेस्सीको दुई गोल

काठमाडौं। लियोनल मेस्सीको दुई गोलप्रेरित बार्सिलोनाले गएराति स्पेनिस ला लिगामा इल्चेमाथि ३–० को विजय हासिल गरेको छ।

जितसँगै बार्सिलोनाले शीर्ष क्लब एट्लेटिको मड्रिडसँगको दुरी पाँच अंकमा छोट्याएको छ।

अर्जेन्टिनाका फरवार्ड मेस्सीले ४८औं मिनेटमा फरवार्ड मार्टिन ब्रेथवाइटसँगको तालमेलमा गोल गरका हुन्। ३३ वर्षे मेस्सीले ६८औं मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर बनाए।

मेस्सीले फ्रांक डी जोङको पासमा दोस्रो गोल दोस्रो गोल गरेका हुन् ।

जारी लिगमा मेस्सीको यो १८औं गोल हो। जुन दोस्रो स्थानमा रहेका लुइस स्वारेजको भन्दा दुई गोलले बढी हो। ब्रेथवाइटको पासमा जोर्डी अल्बाले तेस्रो गोल थपेपछि बार्सिलोना तीन अंक पक्का गरेको हो।

जितपछि २४ खेलबाट ५० अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा कायम छ। जुन दोस्रो स्थानको रियाल मड्रिडभन्दा दुई अंकले पछाडि हो भने शीर्ष स्थानको एट्लेटिकोभन्दा पाँच अंकले पछाडि हो। तथापि एट्लेटिकोले एक खेल कम खेलेको छ।

प्रतिक्रिया दिनुहोस्