काठमाडौं। म्यानचेस्टर सिटीले गएराति च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा बोरुसिया मोन्चेनग्लाडबचलाई २–० ले पराजित गरेको छ।
सबैखाले प्रतियोगितामा गरी सिटीको यो लगातार १९औं जित हो। त्यसका बाबजुद सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो टिमले अझ सुधारिएको प्रदर्शन गनुपर्ने बताएका छन्।
सिटी पहिलो च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्यमा छ। र सिटी त्यसको बलियो दाबेदार पनि हो। कोभिड–१९ महामारीका कारण जर्मन क्लब मोन्चेनग्लाडबचले होम गेम हंगेरीको बुढापेष्टमा खेलेको थियो।
पुस्कास एरिनामा सिटीले बर्नाडो सिल्भाको गोलबाट २९ औं मिनेटमा अग्रता लिएको थियो। ६५औं मिनेटमा गाब्रियल जिससले अग्रता दोब्बर बनाए। यससँगै सिटीले अवे खेलमा महत्वपूर्ण २–० को अग्रता लिएको छ।
‘‘समग्रमा हामीले खेल नियन्त्रणमा राख्न सफल भयौं। दुर्भाग्य हाम्रो अग्रपंक्ति अझै आक्रमक हुन सकेन,’’ ग्वार्डिओलाले भने, ‘‘प्रतियोगितामा हामीले सुधार गर्नुपर्ने पक्ष यही हो। ठूला खेलमा अवसर खेर फाल्नु हुँदैन।’’