काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिता फागुन २२ गतेबाट गर्ने भएको छ।

क्यानले यसअघि मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गर्नका लागि काठमाडौं महानगरपालिकासँग सम्झौता गरे पनि मिति तय गरेको थिएन। बुधबार क्यानले प्रतियोगिताको स्वरूप, मिति र सहभागी टिमको नाम सार्वजनिक गरेको छ।

एक दिवसीय प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने क्यानले जानकारी दिएको छ। फागुन २२ देखि २९ गतेसम्म हुने प्रतियोगितामा पाँच टिमले प्रतिस्पर्धा गर्ने छन्।

राउन्ड रोविन लिगमा एक टिम चार खेल खेल्नेछ। लिगको शीर्ष स्थानमा दुई टिमले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको अन्तिम चारमा पुगेका चार टिम र काठमाडौं महानगरपालिकाको एक टिम गरी पाँच टिमले प्रतिस्पर्धा गर्ने छन्।

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको अन्तिम चारमा त्रिभुवन आर्मी क्लब, सशत्र प्रहरी बल (एपीएफ), नेपाल पुलिस क्लब र बागमती प्रदेशले प्रतिस्पर्धा गरेका थिए।

प्रधानमन्त्री कपमा सहभागी प्रदेश १, प्रदेश २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडीहरूबाट छनोट गरी काठमाडौं महानगरपालिकाको टिम बनाइने क्यानले जनाएको छ।

प्रतियोगिताका लागि काठमाडौं महानगरपालिकाले क्यानलाई ५० लाख रूपैयाँ सहयोग गरेको छ। त्यसका लागि क्यान र महानगरपालिकाबीच माघ २० गते सम्झौता भएको थियो।

" /> काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिता फागुन २२ गतेबाट गर्ने भएको छ।

"> काठमाडौं मेयर कप क्रिकेट फागुन २२ बाट: Dekhapadhi
काठमाडौं मेयर कप क्रिकेट फागुन २२ बाट

प्रतिक्रिया दिनुहोस्