काठमाडौं। नेपाल लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेश समितिले चैत्र २२ गते हाफ म्याराथन आयोजना गर्ने भएको छ।
समितिले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन प्रतियोगिता गर्न लागेको हो।
२१ किलोमिटरको हाफ म्याराथन काठमाडौंको गोल्फुटार बास्केटबल कोर्टबाट सुरु भई धुम्बाराही चोक, सुकेधारा, धोबीखोला, चावहिल, मित्रपार्क, जयबागेश्वरी, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, सिटी सेन्टर, हात्तिसार, जयनेपाल हल, नारायणहिटी दरबार दक्षिण गेट, केशरमहल, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, गल्फुटार, हात्तिगौडा, बुढानिलकण्ठ मन्दिर हुदै पुनः सोहि बाटो फर्किएर गल्फुटार बास्केटबल कोर्टमा आएर टुंगिनेछ।
प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ पहिलो हुनेले जनही २५ हजार रूपैयाँ नगद पुरस्कार जित्नेछन्। दोस्रो हुनेले १५ हजार तथा तेस्रो हुने पाँच हजार रूपैयाँ पुरस्कार जित्नेछन्।
" /> काठमाडौं। नेपाल लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेश समितिले चैत्र २२ गते हाफ म्याराथन आयोजना गर्ने भएको छ।समितिले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन प्रतियोगिता गर्न लागेको हो।

">