युरोपा लिग: युनाइटेडको जितमा नायक बने १८ वर्षीय ग्रीनउड

काठमाडौं। मेसन ग्रीनउडको दुई गोलप्रेरित म्यानचेस्टर युनाइटेडले गएराति युरोपा लिगमा ४-० ले प्रभावशाली विजय हासिल गरेको छ।

युनाईटेडले नेदरल्याण्डको क्लब एजेड अल्कमारलाई हराएको हो।

जितसँगै युनाईटेड समूह एलको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।

हारका बाबजुद अल्कमार पनि नकआउट चरणमा स्थान बनाउन सफल भयो।

शीर्ष स्थानको म्यानचेस्टर युनाईटेडले १३ अंक जोड्यो।

अल्कमारसमेत ९ अंकसहित दोस्रो स्थानमा रह्यो ।

युनाईटेडले ११ मिनेटको अन्तरालमा चार गोल गरेको हो। चारै गोल दोस्रो हाफमा सम्भव भएको थियो।

युनाईटेडले ५३औं मिनेटमा एस्ले योङको गोलबाट अग्रता लियो। योङले फेब्रुअरीपछि क्लबका लागि गोल गरेको यो पहिलो हो।

१८ बर्षे ग्रिनउडले ५८ औं मिनेटमा अग्रता दोब्बर बनाए। हुवाँ माटाले ६२औं मिनेटमा पेनाल्टीबाट तेस्रो गोल गरे।

स्पेनिसका मिडफिल्डर माटाको जारी सिजन यो पहिलो गोल हो । त्यसको दुई मिनेट बित्न नपाउदै ग्रिनउडले व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई सहज जित दिलाए।

सबैखाले प्रतियोगितामा युनाइटेडको यो तेस्रो जित हो। युनाइटेडले टोटेनह्याम र म्यानचेस्टर सिटीलाई पराजित गरेको थियो।

युरोपा लिगमा अर्को इङलिस क्लब उल्भरह्याम्पटनले बेसिकटासमाथी ४-० को नतिजा निकाल्यो।

उल्भरह्याम्पटन समूह 'के' बाट उपविजेता बन्दै अन्तिम ३२ मा स्थान बनायो।

चाँडो गरि भएको खेलमा आर्सनल स्ट्यान्डर्ड लिइजसँग २-२ को बराबरीमा रोकियो।

बराबरीका बाबजुद समूह 'एफ' बाट बिजेता बन्दै नक आउट चरणमा स्थान बनाउन सफल भयो।

प्रतिक्रिया दिनुहोस्