काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल सुपर लिग बैशाख ११ गतेबाट गर्ने भएको छ।
नेपाल स्पोट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम)ले एन्फाको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।
नेपाल सुपर लिगको यो पहिलो संस्करण हो। यस प्रतियोगितामा नेपालका सातै प्रदेशहरूबाट प्रतिनिधित्व हुने गरी विभिन्न शहरहरूको नाममा फ्रेन्चाइज क्लबको सहभागिता रहनेछ।
सहभागी टिमको नाम र स्वामित्वको बारेमा एक महिनापछि जानकारी दिने आयोजक एनएसईएमले जनाएको छ।
प्रतियोगितामा खेलाडी छनोट अक्सनमार्फ्त गरिने जनाइएको छ। एउटा टिममा २० खेलाडी हुनेछन्। अक्सनमा खेलाडीको वर्गीकरण एन्फासँगको सहकार्यमा गरिने आयोजक एनएसईएमले जनाएको छ। प्रत्येक टिममा विदेशी खेलाडीको पनि उपस्थिति रहनेछ।
राउन्ड रोबिन लिग पद्दतिमा खेलाइने प्रतियोगितामा कुल १९ खेल हुनेछन्। निजी क्षेत्रलाई फुटबलमा प्रवेश गराई खेलाडी र खेललाई थप व्यावसायिक बनाउने लक्ष्यका साथ प्रतियोगिता गर्न लागिएको आयोजकले बताए।
" /> काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल सुपर लिग बैशाख ११ गतेबाट गर्ने भएको छ।नेपाल स्पोट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम)ले एन्फाको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

">